Suvadin, Home

थिम्पुमा हिन्दू मन्दिर निर्माण

तस्बिर सहित उनले ट्विटरमा लेखेका छन्, ‘भुटानी नरेशबाट भुटानी जनता विशेषत हिन्दू समुदायलाई देवी पञ्चायन मन्दिर पुण्य उपहार हो, जुन निर्माणको अन्तिम चरणमा छ र अहिले अति नै सुन्दर देखिन्छ।’

काठमाडौं, २६ असार  –  भुटानको राजधानी थिम्पुमा हिन्दू मन्दिर निर्माण गरिएको छ। यो मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको छ।

भुटानका प्रधानमन्त्री क्षिरिङ ताेब्गेले आज निर्माणधिन देवी पञ्चायन मन्दिरको अवलोकन गर्दै चाँडै नै निर्माण सम्पन्न हुने बताएका छन्।

तस्बिर सहित उनले ट्विटरमा लेखेका छन्, ‘भुटानी नरेशबाट भुटानी जनता विशेषत हिन्दू समुदायलाई देवी पञ्चायन मन्दिर पुण्य उपहार हो, जुन निर्माणको अन्तिम चरणमा छ र अहिले अति नै सुन्दर देखिन्छ।’

झन्डै आठ लाख जनसंख्या रहेको भुटान संवैधानिक रुपमा बौद्धमार्गी मुलुक हो । ७५ प्रतिशत जनता बौद्धमार्गी छन्। भुटानको दक्षिणी भेगमा बसोवास गर्ने नेपाली मूलका हिन्दूहरुको जनसंख्या २३ प्रतिशत छ। हिन्दूहरुका लागि थिम्पुमा पहिलो पटक सन् २०१२ मा मन्दिर निर्माण थालिएको हो। यसले २.५३ एकड क्षेत्रफल ओगटेको छ।


 

More form the Internet

loading...