Suvadin, Home
Nepal life 1.76M

पहिले नाम, अहिले बदनाम
रेखा थापासँग फिल्म खेल्ने सुदर्शन गौतमको व्यापार ‘मानव तस्करी’

क्यानडा बसेर कलाकारितामा सक्रिय रहेका थिए सुदर्शन गौतम। चर्चित नायिका रेखा थापाको फिल्ममा हिरोकै रोल पाएपछि सुदर्शनलाई अरु के नै पो चाहियो र! तर, कलाकारिताकै नाममा मानव तस्करी संलग्न रहेको खुलेलगतै इन्टरपोलको नेपाल शाखाले रेड नोटिस नै जारी गरेपछि सुदर्शनको विषयमा बहस भइरहेको छ।
सुदर्शन गाैतम।

काठमाडौं, २४ साउन – क्यानडा बसेर कलाकारितामा सक्रिय रहेका थिए सुदर्शन गौतम। चर्चित नायिका रेखा थापाको फिल्ममा हिरोकै रोल पाएपछि सुदर्शनलाई अरु के नै पो चाहियो र!

तर, कलाकारिताकै नाममा मानव तस्करी संलग्न रहेको खुलेलगतै इन्टरपोलको नेपाल शाखाले रेड नोटिस नै जारी गरेपछि सुदर्शनको विषयमा बहस भइरहेको छ।

क्यानडा बस्दै आएका गौतम अमेरिकामा समेत रेष्टुरेण्ट व्यवसायमा संलग्न रहदै आएका थिए। उनको लगानीमा न्यूयोर्कको सन्नीसाइडमा रेष्टुरेण्ट सञ्चालनमा रहेको थियो।

अमेरिका लाने बहानामा ठगी गरेको विषयमा विवादमा तानिँदै आएका सुदर्शन अन्ततः प्रहरीको निशानामा परेका छन्। साथै उनका क्रियाकलापमाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ।

अनुसन्धानकै क्रममा सुदर्शन गौतमको संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनलाई पत्राचार गरेको हो।

रामेछाप जिल्लाको गुन्सी–१ मा जन्मिएका गौतमले क्यानडा बसेर मानव तस्करी र ठगी गरेको मुद्दामा प्रहरीले रेडनोटिस जारी गर्दै आवश्यक अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले जनाएका छन्। 

नायिका रेखा थापासँग ‘हिम्मतवाली’मा अभिनय गरेका सुदर्शन केही समय चर्चामा पनि रहे। तर, उनका क्रियाकपाल शंकाको घेरामा परेपछि प्रहरीको निगरानीमा उनी परेका हुन्।


 

More form the Internet

loading...