Suvadin, Home

साहित्यकारलाई पहिचान दिन परिचयपत्र वितरण गर्दै प्रज्ञा प्रतिष्ठान

प्रतिष्ठानका सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताएका छन्। 
फाइल तस्वीर।

काठमाडौं, १० माघ – नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ। 

प्रतिष्ठानका सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताएका छन्। 

अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न लागिएको पोखरेलले बताएका छन्। प्रतिष्ठानले “विशिष्ट साहित्यकार परिचयपत्र” र “लेखन साहित्यकार परिचयपत्र” गरी दुई प्रकारमा परिचयपत्र वितरण गर्न लागेको हो। 

विशिष्ट साहित्यकार परिचयपत्र ६० वर्ष उमेर पुगेका र ४० वर्षसम्म नियमित साहित्य लेखनमा लागेकाले पाउनेछन् र लेखन साहित्यकार परिचयपत्र ४० वर्ष उमेर पुगेका र २५ वर्ष नियमितरुपमा काम गरेको हुनुपर्ने छ। 


 

More form the Internet

loading...