Suvadin, Home

Cover Image

इन्ट मिन्टुको अर्को गीत सार्वजनिक (भिडियाेसहित)

प्रदर्शनको तयारीमा रहेको रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को ओएसटी गीत रिलिज भएको छ।

काठमाडाैं, ४ असाेज – प्रदर्शनको तयारीमा रहेको रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को ओएसटी गीत रिलिज भएको छ।

असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा अाउने यस फिल्ममा धीरज मगर र अभिनेत्री साम्राज्ञी लिड राेल छ। ‘आई एम इन्टु सि इज मिन्टु’ गीतमा पनि अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी आरएल राणा फिचर्ड छन्।

सुजिल कमार्चायको शब्द तथा संगीत, केतन क्षेत्री र सुजिल कमार्चायको स्वर रहेको गीतमा श्रेया सोताङ्गले पनि गायनमा साथ दिएकी छन्। गीतको कोरियोग्राफी विक्रम लामा र एन्जिला खत्रीले गरेका हुन्।


 

More form the Internet

loading...