Suvadin, Home
Nepal life 1.376M

दुर्लभ राेगकाे शिकार भए बलिउडका सुपरस्टार इरफान खान

उनले उक्त ट्वीटमा प्रशंसकहरूलार्इ अाफ्नाे स्वास्थ्यका बारेमा विभिन्न अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन्। मेडिकल रिपोर्टकाे पर्खाइमा रहेका इरफान १५ दिनदेखि सार्वजनिक रुपमा देखा परेका छैनन्। उनलाई के रोग लाग्यो भन्ने बारे केही जानकारी सार्वजनिक भएको छैन्।

काठमाडौं, फागुन २३ – हलिउडका चर्चित अभिनेता इरफान खानलार्इ अनाैठाे प्रकारकाे राेग लागेकाे छ। इरफानले आफूलाई दूलर्भ रोग लागेको र प्रशंसकको प्राथनाको आवश्यकता रहेकाे भन्दै ट्विटमा ट्वीट गरेका छन्। 

उनले उक्त ट्वीटमा प्रशंसकहरूलार्इ अाफ्नाे स्वास्थ्यका बारेमा विभिन्न अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन्। मेडिकल रिपोर्टकाे पर्खाइमा रहेका इरफान १५ दिनदेखि सार्वजनिक रुपमा देखा परेका छैनन्। उनलाई के रोग लाग्यो भन्ने बारे केही जानकारी सार्वजनिक भएको छैन्।

इसरफानले १ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। उनले ‘पीकू’, ‘मकबूल’, ‘हासिल’ तथा ‘पान सिंह तोमर’ जस्ता उत्कृष्ट भारतीय चलचित्रमा अभिनय गरिसकेका छन्। 

इरफानले हलिउडका ‘लाइफ अफ् पाई’, ‘स्लमडग मिलिनेयर’ तथा ‘द अमेजिङ स्पाइडर म्यान’ जस्ता उत्कृष्ट चलचित्रमा अभिनय गरेका छन्। 

उनलाई भारतका अन्तराष्ट्रिय अभिनेताका रुपमा पनि चिनिन्छ। सन् २०१३ मा ‘पान सिंह तोमर’ मा प्रमुख भूमिका निर्वाह गरेका इरफानले नेसनल फिल्म अवार्ड पनि प्राप्त गरेका छन्। यो एक खेलाडीबाट डाकू बनेका पान सिंह तोमरको जीवनमा आधारित चलचित्र थियो। 

सन् २०१३ मा उनले चलचित्र ‘लन्चबक्स’ का लागि कान्स फिल्म फेस्टिबलमा ‘भ्यूअर्स च्वाइस अवार्ड’ प्राप्त गरेका थिए। उक्त फिल्म त्यसै वर्ष लण्डन फिल्म फेस्टिबलमा प्रतिस्पर्धाका लागि सहभागी हुने एक मात्र भारतीय चलचित्र थियो।


 

More form the Internet

loading...