Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

'ज्वेल अफ द वर्ल्ड' मा नेपालको प्रतिनिधित्व गर्दै सपना भेटवाल

संयुक्त राष्ट्रसंघको घोषणा अनुसार मे २१ तारिखमा अन्तर्राष्ट्रियस्तरमा वार्षिक रुपमा मनाइने वल्ड डे अफ कल्चरल डाइभर्सिटी अर्थात साँस्कृतिक विविधताको विश्व दिवसलाई प्रवद्धन गर्ने उद्देश्य यसै वर्ष देखि ‘ज्वेल अफ द इयर’ नामक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागिएको हो।

काठमाडाैं, ३० वैशाख – फिलिपिन्समा प्रिमियर हुन लागेको अन्तरार्ष्ट्रिय साैन्द्रर्य प्रतियोगिता 'ज्वेल अफ द वल्ड' मा नेपालका तर्फबाट सपना भेटवालले सहभागीता जनाउने भएकी छिन्।

संयुक्त राष्ट्रसंघको घोषणा अनुसार मे २१ तारिखमा अन्तर्राष्ट्रियस्तरमा वार्षिक रुपमा मनाइने वल्ड डे अफ कल्चरल डाइभर्सिटी अर्थात साँस्कृतिक विविधताको विश्व दिवसलाई प्रवद्धन गर्ने उद्देश्य यसै वर्ष देखि ‘ज्वेल अफ द इयर’ नामक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागिएको हो।

मोडलिङमा सक्रिय रहेकी सपनाको घर इटहरी हो। हाल काठमाडौंमा बसोबास गर्दै आएकी सपना होप इन्टरनेसनल कलेजमा बिएसी नर्सिङ अध्ययरत छिन्। गायन, नृत्य र भ्रमणमा रुचि राख्ने सपना नेपाल्स फेसन आइकन २०१६ की फस्ट रनर अप विजेता हुन्। सपनाको 'ज्वेल अफ द वल्र्ड' प्रतियोगितामा सहभागिताका लागि इभेन्ट बेटर ग्यालेक्सीले संयोजन एवम् व्यवस्थापन गरेको छ।

उक्त प्रतियोगिताको उदेश्य महिला सुन्दरता र सशक्तिकरणको सम्मान तथा विश्वको बहुसाँस्कृतिक गौरवलाई वृहत् रुपमा मनाउने रहेको छ। प्रतियोगिता फिलिपिन्सको मनिलामा मे १६ देखि २६ सम्म संचालन हुनेछ।