Suvadin, Home

‘जीवन काँडा कि फूल’ शुक्रबारबाट देशभरका हलमा

साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । 

 काठमाडौं । साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । 

चलचित्र निर्देशक विनोद विष्टका अनुसार घिमिरेको कृतिमा आधारित रही चलचित्रमा घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मको कथावस्तु समेटिएको छ । 

विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा/संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीत छन् । जसमा जुनु गौतमको स्वर छ । गौतम चलचित्रको सहनिर्मातासमेत हुन् । 

साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय चलचित्रमा प्रस्तुत गरिएको छ । 


 

More form the Internet

loading...