Suvadin, Home

Cover Image

लोप हुँदै होलीमा गाईने ‘जोगिरा’ गीत 

काठमाडौं,चैत्र ५ - वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूणिर्मासम्म तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थालेको छ । तराईमा होली आउनु एक हप्ताअघिबाट सुनिने जोगिरा गीत विस्तारै लोप हुने अवस्थामा पुगेको छ । 

तराईमा हरेक फागुनपूर्मा्णि अर्थात् होली पर्वमा ढोलक, मृदंग, झयाली, हारमोनियम लगायतका वाद्यवादनका साथ सवाल जवाफ शैलीमा गाइने यस्ता होली गीत र जोगिरा विस्तारै हराउँदै गएको छ । 

दोहोरी गीत झै गाइने जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा एक किसिमको रोनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् तराईमा पनि आजभोलि खासै गाइँदैन  । 

सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको होलीले प्राय सबै जातजाति र सबै उमेरसमूहका मानिसलाई एक आपसमा अबिर दलेर सद्भाव आत्मियता, बढाउँछ । तर अहिलेतराईमा पहिले जस्तो जोगिराका गीत गाइँदैन भने उत्साह र उमंगका साथ खेलिने होलीको महत्व नै घटेको छ । 

गरिबीका कारण युवाहरु विदेश पलायन भएका छन् । त्यसैले पनि गाउँघरमा पहिले जस्तो हालीको रौनक देखिदैन, एकातिर भने अर्कातिर आधुनिक र भोजपुरी गीतले स्थान पाएको छ ।

गाउँघरमा आजभोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ । तराई क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणमा यसका जानकारहरुले ध्यान आवश्यक छ । 


 


 

More form the Internet

loading...