Suvadin, Home

जुनकिरीको चर्चा

जुनकिरी हेराईले उज्यालो छेड्यो मायाले मन छोड्यो जुनकिरी बसाँइले बिरानो मान्यो सुवाले मन मोड्यो ।

डाेटेली र नेपाली भाषा मिक्स गरिएकाे महेश ताम्राकार र जनक ताम्राकारको जुनकिरी बाेलकाे गीत सार्वजनिक भएकाे छ। गीतमा दाजु महेश ताम्राकारको शब्द तथा संगीत तथा भार्इ जनक ताम्राकार को स्वर रहेको छ। 

जुनकिरी हाल चलनचल्तीमा रहेका गीतसंगीत मध्ये फरक छ। यस गीतमा डोटेली शब्द र नेपाली शब्दहरु को सुन्दर समीश्रण तथा गीतमा राखीएको ओभरल्याप कोरषले अझ नयाँपन पाएको भेटिन्छ। पश्चीम देखि पुर्वसम्म सबैले मन पराइ दिनु भएको छ, यसले अझै मिठा गीतहरु ल्याउने उत्साह मिलेको कम्पोजर महेश ताम्राकारले बताए।

छोटो समय गीतले साेचेअनुसारकाे चर्चा पाएकाे छ। गीतकाे म्युजिक भिडियोमा नायिका निता ढुंगाना, मोडल सनम कठायत र कम्पोजर महेश ताम्राकारको समेत अभिनय देखिन्छ।

 

 

 

 


 

More form the Internet

loading...