Suvadin, Home
‘नेपाली कलाक्षेत्रको दायरा फराकिलो छ, हामी यही अन्तर्राष्ट्रियस्तरका फिल्म र क्रिएटिभ वर्क्सहरु गर्नुपर्छ’, ज्योति भन्छिन् – ‘नेपाललाई फिल्म क्षेत्रको हवको रुपमा विकास गर्न सकिन्छ, त्यसैले हामीजस्तै युथहरुले रचनात्मक कार्य गर्नैपर्छ।’
ज्योति कँडेल।

काठमाडौं, १ भदौ – भर्खरै १६ वर्ष पार गरेकी काठमाडौंको घट्टेकुलोकी ज्योति कँडेल अभिनयमा रुची राख्छिन्। केही म्यूजिक भिडियोको तयारी गरिरहेकी ज्योतिले समाजसेवा र कलाक्षेत्रलाई गन्तव्य बनाउने लक्ष्यका साथ संघर्ष गरिरहेकी छिन्।

‘नेपाली कलाक्षेत्रको दायरा फराकिलो छ, हामी यही अन्तरराष्ट्रियस्तरका फिल्म र क्रिएटिभ वर्क्सहरु गर्नुपर्छ’, ज्योति भन्छिन् – ‘नेपाललाई फिल्म क्षेत्रको हवको रुपमा विकास गर्न सकिन्छ, त्यसैले हामीजस्तै युथहरुले रचनात्मक कार्य गर्नैपर्छ।’ 

केही नाटकमा अभियनको तयारी गरिरहेकी ज्योति बाल्यावस्थादेखि नै यस क्षेत्रमा रुची राख्थिन्। उनले कयौं पटक ऐना हेरेर स्टार कलाकारजस्तैको जस्तै अभिनय गर्ने कोसिस गरेको बताइन्। ‘जसरी पनि कलाकार बन्ने सोच आएको थियो, त्यसैले मैले आफ्नो ज्ञानले भ्याएसम्म कोसिस गरे।’

ज्योतिका बुवा बिष्णुभक्त कँडेल व्यवसायी हुन्, आमा लक्ष्मी गृहिणी। दाजुहरु सन्देश र राजन कँडेल छन्। वि.सं. २०५८ पुस २० गते चितवनमा जन्मिएकी ज्योतिले डिल्लीबजारस्थित विजयस्मारक स्कूलबाट एसइई पास गरेकी हुन्। उनी अहिले न्यू समीट कलेजमा कक्षा ११ मा अध्ययनरत छिन्। ज्योतिले कयौं लेख, कविता, गजल र कथा लेखेछिन्। 

नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढिरहेकी ज्योति राजनीतिक प्रणालीमा सुधार होस् भन्ने अपेक्षा राख्छिन्। ‘आफू जन्मेको देशलाई प्रेम गरौं, नेपाल राष्ट्रमै अवसरको सिर्जना गरी देशको विकास गरौं।’

साथै, युवाहरुलाई सचेत हुन, नारीहरुको सम्मान गर्न र कुलतमा नफस्न पनि ज्योतिको आग्रह छ। ‘टिनएजमा अल्कोहल र स्मोकहरु प्रायले ट्राई गर्छन्, तर त्यसको आदत हुनुहुँदैन’ – उनले भनिन्।


 

More form the Internet

loading...