Suvadin, Home

‘भारत’ मा हिराेइन कैटरीना हुने

यसको जानकारी स्वयं फिल्मका निर्देशक अली अब्बास जफरले दिएका छन्। मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशकले कैटरीनाको नाममा लालमोहर लगाए। ‘टाइगर जिन्दा हे’ पछि ‘भारत’ मा सलमान-कैटरीना एकसाथ देखिन लागेका हुन्। अभिनेता सलमानले पनि सामाजिक सञ्जालमार्फत् कैटरीनालाई फिल्ममा स्वागत गरेका छन्। मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशक अली अब्बास जफरले भने, ‘म सलमान खान र कटरीनासँग फेरि काम गर्नका लागि एकदम एक्साइटेड छु ।

काठमाडाैं, साउन १६ – बलिउड अभिनेत्री प्रियंका चोपडाले अचानक फिल्म ‘भारत’ छाडेपछि नयाँ लिड हिरोइनको खोजी तिव्र गतिमा भएको थियो।

कयौं बलिउड अभिनेत्रीको नाम समेत चर्चामा रहेको थियो। अन्ततः सलमान खानको फेभरेट कैटरीना कैफले प्रियंको ठाउँ लिएकी छन्।

यसको जानकारी स्वयं फिल्मका निर्देशक अली अब्बास जफरले दिएका छन्। मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशकले कैटरीनाको नाममा लालमोहर लगाए।

‘टाइगर जिन्दा हे’ पछि ‘भारत’ मा सलमान-कैटरीना एकसाथ देखिन लागेका हुन्। अभिनेता सलमानले पनि सामाजिक सञ्जालमार्फत् कैटरीनालाई फिल्ममा स्वागत गरेका छन्।

मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशक अली अब्बास जफरले भने, ‘म सलमान खान र कटरीनासँग फेरि काम गर्नका लागि एकदम एक्साइटेड छु । पछिल्लो फिल्ममा पनि हामीलाई साथमा काम गर्न निकै रमाइलो भएको थियो । यो प्रोजेक्टका लागि कैटरीनालाई छोटो समयमा सेलेक्ट गरिएको हो।

फिल्म ‘भारत’ बाट सलमान-प्रियंका करीब १ दशकपछि पर्दामा देखिँदै थिए। तर, विदेशी ब्वाईफ्रेण्ड निकसँग विवाह गर्ने तयारीमा रहेका कारण प्रियंकाले फिल्म छाडेको चर्चा छ। उनले यो प्रोजेक्ट छाडेको जानकारी अली अब्बास जफरले ट्वीट गरेर दिएका थिए।

अली अब्बास जफर र सलमान खान पहिला देखि नै साथी हुन् र, यी दुईले यसअघि दुई फिल्ममा काम गरिसकेका छन्। वर्ष २०१६ मा आएको फिल्म ‘सुल्तान’ र वर्ष २०१७ मा आएको फिल्म ‘टाइगर जिन्दा हे’ मा सलमान र जफरले सँगै निर्देशक-एक्टरको रुपमा काम गरेका थिए।


 

More form the Internet

loading...