Suvadin, Home

यी हुन् ट्रम्पकाे सपथ ग्रहणमा सहभागी हुने कलाकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणको तयारी जोडतोडका साथ भइरहेको छ। तर, उनका बिराेधीले पनि प्रदर्शन गर्दैछन्। धेरै ठूला हस्तीहरू उनको सपथ ग्रहण समारोहमा भाग लिन नकारेका बेला राष्ट्रपति ट्रम्पकाे टिम कार्यक्रमको रौनक बढाउन केही ठूला हस्तीहरू ल्याउन सफल भएको छ। वासिङ्गटन डिसीस्थित लिंकन मेमोरियलमा हुने 'मेक अमेरिका ग्रेट अगेन् कन्सर्टमा', हार्ड रक ब्यान्ड, थ्री डुवर्स डाउनले भाग लिने भएको छ।
डोनाल्ड ट्रम्प।

काठमाडौं, माघ ७ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणको तयारी जोडतोडका साथ भइरहेको छ। तर, उनका बिराेधीले पनि प्रदर्शन गर्दैछन्। धेरै ठूला हस्तीहरू उनको सपथ ग्रहण समारोहमा भाग लिन नकारेका बेला राष्ट्रपति ट्रम्पकाे टिम कार्यक्रमको रौनक बढाउन केही ठूला हस्तीहरू ल्याउन सफल भएको छ।

वासिङ्गटन डिसीस्थित लिंकन मेमोरियलमा हुने 'मेक अमेरिका ग्रेट अगेन् कन्सर्टमा', हार्ड रक ब्यान्ड, थ्री डुवर्स डाउनले भाग लिने भएको छ।

यस्तै कन्ट्री गायककार टाेबी किथ पनि यो समारोहमा हिस्सा लिने भएका छन्। कायक्रममा सहभागी हुने निर्णय स्वयम् आफ्नै भएको बताउँदै टाेबीले योभन्दा पहिले जर्ज बुस र बाराक ओबामाबाहेक इराक र अफगानिस्तानमा दुई सयभन्दा धेरै प्रदर्शन दिएको बताए।

ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुने सूचीमा ओस्कार बिजेता अभिनेता जोन भाेइटको नाम पनि उल्लेख छ।


कार्यक्रममा सहभागी हुने भारतीय मुलुकका अमेरिकी डिजे रबि ड्रम्स भन्छन्, ‘उनको बुवाका अनुसार यो एउटा सम्मानको कुरा हो।’ उनका बुवा जम्मा आठ डलर लिएर एकतर्फ टिकट लिएर अमेरिकी सपना पूरा गर्न आएका थिए।

यस्तै चर्चित डान्स कम्पनी रेडियो सिटी रकेट्स पनि समारोहमा सहभागी हुने भएका छन्। तर, पहिले यो ग्रुपका केही सदस्य यसको खिलाफमा थिए। यस्तै टिम रस्लाे, सिल्यूएट्स पेलिकन २१२,दि पियानो गाइजजस्ता धेरै चर्चित कलाकारहरु सहभागी हुने भएका छन्।

कोही भने ट्रम्पकाे सपथ ग्रहणको बिरोध गर्दै ‘पिस बल’ नामको कार्यक्रम आयोजना गरेका छन्। वासिङ्गटनमा हुने उक्त कार्यक्रममा ग्रामी अवार्ड बिजेता एस्परेंजा स्पाल्डिङले प्रदर्शन गर्ने छिन्।

डेमोक्रेटिक नेता बर्नी सैंडर्सको सर्मथन गर्न चर्चित गायक ज्याक्सन ब्राउन पनि पिस बल कार्यक्रममा सहभागी हुनेछन्।

त्यस्तै, ड्रिमगर्ल्स की स्टार जेनिफर होलिडे कार्यक्रममा सहभागी हुनेवाला थिइन् तर उनको समाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा उनका फ्यानले नराम्रो कुरा लेखेपछि उनले कार्यक्रममा सहभागी हुने प्लान रद्ध गरिन्। (बिबिसीबाट)


 

More form the Internet

loading...