Suvadin, Home

कसले दियाे कंगनालार्इ धम्की?

बलिउड अभिनेत्री कंगना राणावत मिडिया सामु खुलेर प्रस्तुत हुने गर्दछिन्। यसै कारण कंगना बेलाबेलामा विवादमा फस्ने गरेकी छिन्। मिडियासँग कति बेला के बाेल्नुपर्छ भन्नेमा सजग नपुर्याउँदा उनी विवादमा फस्ने गरेकी हुन्। फेरि एकपटक उनले त्यही हर्कत दाेहाेर्याएकी छिन्। मिडिया समक्ष पुनः एक खुलासा गरे पश्चात उनी अहिले चर्चामा छिन्। केही समयअघि अभिनेता ऋतिक राेशन र उनीबीच मुख नै नहर्ने गरी झगडा परेकाे थियाे।
कंगना राणावत र ऋतिक राेशन । तस्विरः एजेन्सी

काठमाडाैं, फागुन ११


बलिउड अभिनेत्री कंगना राणावत मिडिया सामु खुलेर प्रस्तुत हुने गर्दछिन्। यसै कारण कंगना बेलाबेलामा विवादमा फस्ने गरेकी छिन्। मिडियासँग कति बेला के बाेल्नुपर्छ भन्नेमा सजग नपुर्याउँदा उनी विवादमा फस्ने गरेकी हुन्।

फेरि एकपटक उनले त्यही हर्कत दाेहाेर्याएकी छिन्। मिडिया समक्ष पुनः एक खुलासा गरे पश्चात उनी अहिले चर्चामा छिन्। केही समयअघि अभिनेता ऋतिक राेशन र उनीबीच मुख नै नहर्ने गरी झगडा परेकाे थियाे।

त्यही झगडाबारे बाेल्दै कंगनाले हालै दिएकाे एक अन्तरवार्तामा बलिउडका स्टारहरूले पनि अाफ्नाे साथ नदिएकाे बताएकी हुन्। कंगनाले भनिन्, 'ऋतिकसँगकाे साे काण्डमा उनलार्इ बलिउडका केही ठुला व्यक्तिहरूले धम्की दिएका थिए।'

त्यसैमा थप्दै उनले ऋतिकका बारेमा नकरात्मक टिप्पणी गरे करियर नै तहसनहस पारी दिनेसम्मकाे दिइएकाे बताइन्।  उनी त्यतिमा मात्र राेकिइनन्, नाम उल्लेख गर्न नमाने पनि ती ठुला भनिएका व्यक्तिहरूले अाफूलार्इ घरमै बाेलाएर धम्की दिएकाे उनकाे अाराेप छ।

तर, त्यस्ताे धम्कीले अाफु नडगमगाएकाे उनले प्रष्टाइन्। 'मैले गल्ती काम गरेकी छैन,' कंगनाले भनिन्, 'त्यसैले मलार्इ कसैकाे डर छैन।' 

पछिल्लाे समय कंगना र ऋतिककाे प्रेमसम्बन्ध रहेकाे कुरा बाहिर अाएकाे थियाे, जुन ऋतिकले अस्वीकार गर्दै अाएका थिए। कतिसम्म उक्त हल्ला कंगनाले गरेकाे अाराेप लगाउँदै ऋतिकले उनकाे दिमागी हालत ठिक नभएकाे सम्मकाे प्रतिक्रिया दिएका थिए।


 

More form the Internet

loading...