Suvadin, Home

‘कंगनाको अभिनय श्रीदेवी पछिको उत्कृष्ट’, सिमरनको ट्रेलरसहित

 हंसल मेहता जसले  ‘शहिद’, ‘सिटीलाइट’ र ‘अलीगढ’ जस्ता चलचित्र निर्माताले श्रीदेवी पछिको एक्टिङ  स्टार कंगना राणावत रहेको बताएका छन्। 
बलिउड नायिका कगंना राणावत।

काठमाडौं, भदौ ३० -  हंसल मेहता जसले  ‘शहिद’, ‘सिटीलाइट’ र ‘अलीगढ’ जस्ता चलचित्र निर्माताले श्रीदेवी पछिको एक्टिङ  स्टार कंगना राणावत रहेको बताएका छन्। 

हंसन मेहताले कगंना रनौतको अभिनय रहेको चलचित्र ‘सिमरन’को निर्देशन गरेका छन्। कगंनाको अभिनय कला देखेर मेहता निकै प्रभावीत भएका छन्। हंसल मेहताले एक् कार्यक्रममा ‘कगंनाको खासियत यस्तो छ की उनी सरप्राएज गरिदिन्छन्। सुटिङको समयमा हर एक दिन मेरो लागि नयाँ अनुभव हुन्थ्यो,’ उनले बताएका छन्।

‘श्रीदेवी पछि यदी कोही राम्रो एक्टिङ गर्न सक्छ त त्यो कगंना मात्र हुन्, उनी यस्तो समयमा आएकी छिन् की जहाँ मानीसहरु अलगअलग पात्रको भूमिकामा कलाकारलाई हेर्न चाहान्छन्।’ चलचित्र निर्देशन गर्न चाहाने कगंना ‘सिमरन’को सुटिङ भर कथा लेख्ने देखी हरेक काममा सहभागी भइरहेकी थिइन्।

 ‘कगंना पूर्ण रुपमा काममा तल्लीन भएर लाग्ने गर्छिन्, जुन एक चलचित्रको निर्माण पक्षका लागि राम्रो कुरा हो,’ उनी भन्छन्,  ‘राजकूमार रावको साथमा समेत काम गरेको भन्दै उनी पनि निकै राम्रो सुझाव दिनेगर्छन्। राजकुमार एक्टिङमा पनि बस्ने गर्छन्।’ 

हंसक मेहताले चलचित्रको कथाबस्तुलाई हिरो मानेका छन्, चलचित्रको प्रमोशनमा भने कगंनाको निजी जिवनको सँग मिलेको बताइएको छ। तर, निर्देशक मेहतालाई यो कुरा सँग कुनै मतलव छैन्। 

मेहताको कगंना प्रति गर्व गर्छन कि उनी आफ्नो विचार प्रष्ट भइसकेपछि  मात्र आफुलाई लागेको काम गर्छिन्। कगंनाको भन्नु र काम गर्नुमा कुनै फरक छैन्। इन्डष्ट्रीका धेरैकमको मात्र यस्तो स्वभाव हुने गर्छ। मेहताले बताए।

कगंनाको निजी जीवनमाथि हुने टिका टिप्पणी पब्लिसिटीका लागि गर्दछन्, यो विषयको बचाउ गर्दै हंसल मेहता भन्छन्, ‘मानीसहरु प्रश्न गर्छन त उनीले जाफ दिन्छीन् म गर्वका साथ भन्छुकी उनले खुला ह्ृदयका साथ जवाफ दिन्छीन्। तर, मानीसहरु उनको जवाफलाई पब्लिसिटी स्टंट गरेर नराम्रो ठाउँमा पुर्याउदै छन् यसप्रति मेरो आपत्ति जनाउछु।’ 

चलचित्र ‘सिमरनमा’मा कगंना एक सम्बन्धबिच्छेद भएको महिलाको भूमिकामा छिन्। जो जिन्दगी आफ्नो तरिकाले जीउन चाहान्छिन्।  

यस्ताे छ ट्रेलर


-एजेन्सी


 

More form the Internet

loading...