Suvadin, Home

कंगनाको फिल्म 'मणिकर्ण‍िका' को टिजर सार्वजनिक (भिडियो)

टिजरमा कंगनाको जबर्जस्त एक्सन अवतार देख्न सकिन्छ। दुई मिनेटको टिजरको शुरुवात अमिताभ बच्चनको दमदार आवाजबाट हुन्छ। कंगनाले आफ्नो भूमिका रियल देखाउनका लागि कडा मिहिनेत गरेकी छन्। टिजरभन्दा अगाडि उनको कयौं लुक बाहिर आइसकेको थियो। 

काठमाडाैं, १७ असोज – बलिउड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म 'मणिकर्ण‍िका: द क्वीन अफ झाँसी' को अफिसियल टिजर सार्वजनिक भएको छ। मंगलबार गान्धी जयन्तीको अवसरमा टिजर सार्वजनिक गरिएको फिःम २०१९ जनवरी २५ मा रिलिज हुनेछ। 

टिजरमा कंगनाको जबर्जस्त एक्सन अवतार देख्न सकिन्छ। दुई मिनेटको टिजरको शुरुवात अमिताभ बच्चनको दमदार आवाजबाट हुन्छ। कंगनाले आफ्नो भूमिका रियल देखाउनका लागि कडा मिहिनेत गरेकी छन्। टिजरभन्दा अगाडि उनको कयौं लुक बाहिर आइसकेको थियो। 

‘मणिकर्ण‍िका’ को निर्देशन नेशनल अवार्ड विनर डाइरेक्टर कृष जगारला मुन्डीले गरेका हुन्। भारतीय मिडियाका अनुसार, ४५ दिनको सेड्युलमा फिल्मको केही भागको निर्देशन अभिनेत्री कंगान स्वंमले गरेकी हुन्। यो फिल्म रिलिजभन्दा अगाडि नै विवादमा फसेको छ।

 


 

More form the Internet

loading...