Suvadin, Home
Nepal life 1.817M


यसकारण विवादमा परिन् कंगना राणावत

महासभा समूहले फिल्मको कथा परिकल्पना गरेर लेखिएको र त्यसमा रानी लक्ष्मी बाई र ब्रिटिस अफिसर रोबर्ट इलिसबीच प्रणयको दृश्य भएको उल्लेख गरेको छ।

काठमाडौं, २८ माघ – बलिउड फिल्म ‘पद्मावत’ पश्चात फिल्म ‘मनिकर्णिका’ पनि विवादित भएको छ। अभिनेत्री कंगना रनावतको अभिनय रहेको फिल्मको विरुद्ध सर्व ब्राह्मिण महासभा समूह उत्रिएको छ।

महासभा समूहले फिल्मको कथा परिकल्पना गरेर लेखिएको र त्यसमा रानी लक्ष्मी बाई र ब्रिटिस अफिसर रोबर्ट इलिसबीच प्रणयको दृश्य भएको उल्लेख गरेको छ।

समूहको अनुसार फिल्मको कथा विवादित पुस्तक रानीबाट लिइएको हो। सन् २००८ मा उत्तर प्रदेशमा यो किताबलाई पनि तत्कालीन मायावती सरकारले प्रतिबन्ध गरेको थियो।

फिल्ममा 'झाँसीकी रानी'को ऐतिहास कथा तोडमोड गरेको भन्दै सर्व ब्राह्मिन महासभाले फिल्म निर्माणमा रोक लगाउने चेतावनी दिएको हो।

महासभाका सुरेश मिश्रले भने – ‘फिल्मले इतिहासलाई तोडमोड गरेको छ। यो ‘झाँसिकी रानी’को कथामा आधारित छ र यसमा करोडौं खर्चिएको छ।


 

More form the Internet

loading...