Suvadin, Home
शेफ रमाइलाे प्रकृतिका भएका र शाहिद प्रतिस्पर्धी रहेकाे उनले बताइन्। उनले भनिन्, 'शाहिद एकदम मेहनती छन्, सधैं काममै रमाउँछन्।' विशाल भारद्वाजले निर्देशन गरेकाे उक्त फिल्म त्रिकाेणात्मक लभ स्टाेरी हाे। दाेस्राे विश्वयुद्धकाे पृष्ठभूमिमा याे फिल्म निर्माण गरिएकाे छ। 
शाहिद र कंगना । तस्विरः एजेन्सी

काठमाडाैं, फागुन ६ - बलिउड नायिका कंगना रानावतले नायक शाहिद कपुर निकै प्रतिस्पर्धी भएकाे बताएकी छिन्। फेब्रअरी २४ मा रिलिज हुने फिल्म रंगुनकाे प्रमाेसनमा व्यस्त कंगनाले एक कार्यक्रममा यस्ताे भनेकी हुन्।

रंगुन फिल्ममा उनी नायक शेफअली खान र शाहिदकाे अपाेजीटमा देखिएकी छिन्। फिल्मकाे प्रचार गर्ने क्रममा उनले मिडियाले साेधेकाे 'दुर्इ कलाकारकाे स्वभाव कस्ताे छ? भन्ने प्रश्नमा उनले यस्ताे जवाफ दिइन्।

शेफ रमाइलाे प्रकृतिका भएका र शाहिद प्रतिस्पर्धी रहेकाे उनले बताइन्। उनले भनिन्, 'शाहिद एकदम मेहनती छन्, सधैं काममै रमाउँछन्।' विशाल भारद्वाजले निर्देशन गरेकाे उक्त फिल्म त्रिकाेणात्मक लभ स्टाेरी हाे। दाेस्राे विश्वयुद्धकाे पृष्ठभूमिमा याे फिल्म निर्माण गरिएकाे छ। 


 

More form the Internet

loading...