Suvadin, Home

कपिलले दुई नयाँ कमेडी शाे ल्याउने

अाफ्नाे अफिसियल ट्वीटर एकाउण्टमा कपिलले साे कुराकाे जानकारी गराएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘वर्षकाे पहिलाे ठूलाे खबर, हामी दुईवटा नयाँ टिभी शाे निर्माण गर्न लागेका छाैं। अाशा छ यहाँहरूलार्इ अवश्य मन पर्नेछ।’ दुबै शाेहरू कमेडी हुने कपिलले जनाएका छन्।
Karan Johar $ Kapil Sharma

काठमाडाैं, पुस १९


कमेडी किङ कपिल शर्माले २०१७ सालमा धमाका गर्ने भएका छन्। सालकाे सुरूवातमै उनले अाफ्ना फ्यानहरूलार्इ गुड न्यूज दिएका छन्। भारतीय टेलिभिजनकाे सबैभन्दा सफल कमेडी कार्यक्रम ‘द कपिल शर्मा शाे’  चलाइरहेकाे कपिलले २०१७ मा थप दुइ टिभी शाे सुरू गर्ने घाेषणा गरेका छन्।

अाफ्नाे अफिसियल ट्वीटर एकाउण्टमा कपिलले साे कुराकाे जानकारी गराएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘वर्षकाे पहिलाे ठूलाे खबर, हामी दुईवटा नयाँ टिभी शाे निर्माण गर्न लागेका छाैं। अाशा छ यहाँहरूलार्इ अवश्य मन पर्नेछ।’ दुबै शाेहरू कमेडी हुने कपिलले जनाएका छन्।

केहीअघि मात्र कपिलले साेनी च्यानलसँग १ सय १० कराेडकाे सम्झाैता गरेका थिए। जसले उनलाई टेलिभिजन दुनियाँका सबैभन्दा महंगा स्टार बनाएकाे थियाे। सँगसँगै उनी अाफ्नाे दाेस्राे फिल्म फिरंग सार्वजनिक गर्ने अन्तिम तयारी पनि छन्। फिल्मका लागि कपिलले धेरै मेहनत पनि गरेका छन्। अाफ्नाे ताैल घटाउनुका साथै अाकर्षक शरीरका लागि नियमित जिम धाएका थिए।

वर्ष २०१६ कपिलका लागि कस्ताे रह्याे ?

कमेडी किङ कपिल शर्माका लागि २०१६ निकै उतार-चढ़ाव समय रह्याे। २०१६ कपिलका लागि विवादास्पद वर्ष रह्याे।

२०१५ काे सुरूवातदेखि कलर्स टेलिभिजनसँग विवाद परिरह्याे। विवादका खबर मिडियमा अाइरहे। २०१५ मा सुरू विवाद २०१६मा अन्त्य भयाे,जसका कारणा कलर्समा अाउने कपिलकाे अाफ्नाे शाे ‘कमेडी नाइट्स विद कपिल’ बन्द भयाे।

‘द कपिल शर्मा शो’

‘कमेडी नाइट्स विद कपिल’ बन्द भएपछि  अाफ्नाे नया शाे 'द  कपिल शर्मा शो' सुरू गरे।  'द कपिल शर्मा शो'  साेनी च्यानलबाट प्रसारण हुन्छ।  कपिल शर्मा शोकाे  टिआरपी  उत्कृष्ट छ। 

ट्विट विवाद

कपिल अाफ्नाे ट्वीटका कारण फेरि विवादमा परे। सेप्टेम्बरमा कपिलले ट्वीट गरे ,'‘अाफ्नाे अफिस बनाउन बिएमसीले पाँच लाख घुस माग्दै छ।’ जवाफमा बिएमसीले भन्याे, ‘अवैध निर्माणका लागि बिएमसीले पहिल्यै नोटिस पठाएकाे हाे तर कपिलले बिएमसीकाे कुरा मानेनन्।’

अल  इन्डिया गर्भमेन्ट नर्स फेडरेशनले गर्याे सिकायत

मे महिनामा  अल  इन्डिया गर्भमेन्ट नर्स फेडरेशनले कपिलविरूद्ध उजुरी दर्ता गरायाे। कपिल शर्माले नर्सहरूकाे खिल्ली उडाएकाे र नर्सलार्इ  अश्लील ढङ्गबाट प्रस्तुत  गरेकाे अाराेप लाग्याे। कपिलकाे शाेमा रोशेल  राअो र किकु शार्दा नर्सकाे भूमिका निभाउँदै थिए।

‘कफी विथ करण’मा पनि कपिल 

केही दिनमा निर्माता तथा अभिनेता एवम् टिभी सेलिब्रिटी करण जाेहरकाे च्याट शो 'कफी विथ करण' मा कपिल देखिनेछन्। पहिलाेपटक काेही टिभी स्टार करणकाे शाेमा देखिनेछन्।  


 

More form the Internet

loading...