Suvadin, Home

‘द कपिल शर्मा शो’मा कालो बादल

प्रगतिको शिखर चुम्दै गरेका चर्चित भारतीय कमेडियन कपिल शर्माको कमेडी शो संकटमा पर्दै गएको छ। केही दिनअघि हवाई यात्राकै क्रममा मदिरा सेवन गरेर आफ्नै सहकर्मीसँग दुर्व्यवहार गरेको घटनापछि उनी विवादको घेरामा छन्। यसैबीच, उनको चर्चित ‘द कपिल शर्मा शो’ को भविश्यमै कालो बादल मडारिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शो प्रशारण गर्दै आएको सोनी टिभीले कार्यक्रम पुरानै ‘ट्रयाक’मा ल्याउन उनलाई एक महिनाको अल्टिमेटम दिइसकेको छ।

काठमाडौं, चैत २१– प्रगतिको शिखर चुम्दै गरेका चर्चित भारतीय कमेडियन कपिल शर्माको कमेडी शो संकटमा पर्दै गएको छ। केही दिनअघि हवाई यात्राकै क्रममा मदिरा सेवन गरेर आफ्नै सहकर्मीसँग दुर्व्यवहार गरेको घटनापछि उनी विवादको घेरामा छन्।

यसैबीच, उनको चर्चित ‘द कपिल शर्मा शो’ को भविश्यमै कालो बादल मडारिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शो प्रशारण गर्दै आएको सोनी टिभीले कार्यक्रम पुरानै ‘ट्रयाक’मा ल्याउन उनलाई एक महिनाको अल्टिमेटम दिइसकेको छ।

दुर्व्यवहार घटनापछि सहकर्मी कलाकारहरु अझै सुटिङमा फर्किएका छैनन्। उनले सुनिल ग्रोबर, चन्दन प्रभाकर लगायतसँग दुर्व्यवहार गरेको आरोप छ। उनीहरुको अनुपस्थितिमा प्रशारण भएका अघिल्ला शो पनि जम्न सकेनन्। त्यसपछि सोनी टिभीले अल्टिमेटन दिएको हो।


 

More form the Internet

loading...