Suvadin, Home

‘द कपिल शर्मा’ शोः यसरी झर्यो लोकप्रियताको पारो

‘द कपिल शर्मा शो’ का कलाकार र उत्पादकलाई ठुलो झट्का लागेको छ। कुनै बेलाको निक्कै लोकप्रिय र चर्चित यो कमेडी शो अब उत्कृष्ट १० मा रहेन। समाचार अनुसार यसको लोकप्रियता घटेको हो। उत्कृष्ट १० बाट यसको टीआरपी घटेर १२ नम्बरमा पुगेको छ। अब ‘नच बलिए’ १० नम्बरमा परेको छ।
नच बलिए शोको दृश्य र कपिल।

काठमाडौं, बैशाख १– ‘द कपिल शर्मा शो’ का कलाकार र उत्पादकलाई ठुलो झट्का लागेको छ। कुनै बेलाको निक्कै लोकप्रिय र चर्चित यो कमेडी शो अब उत्कृष्ट १० मा रहेन।

समाचार अनुसार यसको लोकप्रियता घटेको हो। उत्कृष्ट १० बाट यसको टीआरपी घटेर १२ नम्बरमा पुगेको छ। अब ‘नच बलिए’ १० नम्बरमा परेको छ।

यो रियालिटी शो ले कपिलको कमेडिलाई कडा टक्कर दिइरहेको छ। जी टिभीमा प्रशारण हुने ‘सा रे गा मा पा’ लाई पनि दर्शकले निक्कै प्रशंसा गरिरहेका छन्। गत साता कपिलको शोमा पुग्ने बलिउड स्टारहरुको संख्या पनि थोरै थियो।

मार्च १६ मा कपिल र उनकै सहकर्मी कलाकार कमेडियन सुनिल ग्रोबरका बीचमा जहाजमै झगडा भएपछि यसको लोकप्रियताको पारो घट्दै गएको बिश्लेषण गरिएको छ।
 


 

More form the Internet

loading...