Suvadin, Home

कपिलले श्रद्धा कपुरलार्इ पाँच घण्टा पर्खाएपछि ...

कमेडी किङकाे परिचय बनाएका भारतीय हास्यकलाकार कपिल शर्माले पछिल्ला वर्षहरूमा एकपछि अर्काे गर्दै सफलताका शिखर चुमिरहेका छन्। सामान्य टेलिभिजन शाेकाे कन्टेस्टेन्टबाट अाफ्नाे कमेडी यात्रा सुरू गरेका कपिललार्इ कलर्स टेलिभिजनमा उनले सुरू गरेकाे कमेडी नाइट्स विथ कपिलले स्थापित बनायाे।
Ok Jaanu

काठमाडाैं,पुस २२


कमेडी किङकाे परिचय बनाएका भारतीय हास्यकलाकार कपिल शर्माले पछिल्ला वर्षहरूमा एकपछि अर्काे गर्दै सफलताका शिखर चुमिरहेका छन्। सामान्य टेलिभिजन शाेकाे कन्टेस्टेन्टबाट अाफ्नाे कमेडी यात्रा सुरू गरेका कपिललार्इ कलर्स टेलिभिजनमा उनले सुरू गरेकाे कमेडी नाइट्स विथ कपिलले स्थापित बनायाे।

पारिश्रमिकलगायत अन्य कुरामा कुरा नमिले पछि उनले कलर्स छाेडे र साेनीतिर लागे।

साेनीमा उनले उही शैलीकाे तर फरक नाम 'द कपिल शर्मा शाे' सुरू गरेपछि उनले अझै उचाइ लियाे। उनी अाफ्नाे शाे मा मात्र व्यस्त भएनन्, विभिन्न स्टेज कार्यक्रममा देशभित्र र बाहिरकाे भम्रणमा व्यस्त रहे। 

एउटा चलचित्र खेले र उनकाे अर्काे चलचित्र केही महिनामा सार्वजनिक हुँदैछ। कपिल शर्माले अाफ्नाे टेलिभिजन शाे मा सबै क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलार्इ ठट्याैली शैलीमा प्रश्न राख्दै दर्शककाे मन जितिरहेका छन्।

खासमा उनकाे शाेमा चलचित्र सेलिब्रिटीहरू हुने गर्दछन्। बढी जसाे सेलिब्रिटीजहरू अाफ्नाे नयाँ फिल्मकाे प्रमाेशनका लागि कपिलकाे शाे धाउने गरेका छन्। त्यस्तै, अाफ्नाे नयाँ फिल्म'ओके जानु'काे प्रमाेशनका लागि कपिलकाे शाे पुगेकी भारतीय चल्तीकी नायिका श्रद्धा कपुरलार्इ कपिल शर्माले पाँच घण्टा पर्खाएकाे समाचार बाहिरले यतिवेला बलिउड तातिएकाे छ। त्यतिमात्र हैन, अाफूले सेटमा पुगिसकेकाे पाँच घण्टासम्म पनि कपिललार्इ कुर्नुपरेकाे खबर श्रद्धाले सार्वजनिक गरेपछि त्यसले झन हंगामा मच्चिएकाे छ।

द कपिल शर्मा शाेमा पुगेपछि फिल्मका स्टार कास्टहरू र शाेका अन्य कलाकारहरूले अाफ्नाे सबै तयारी गरिसकेका थिए। तर, कपिलकाे भने पत्ताे थिएन। श्रद्धा लगायत फिल्मका सदस्यलाइ ४ बजेकाे समय दिएकाे भए पनि कपिल भने त्यसकाे पाँच घण्टापछि मात्र कार्यक्रममा अाएका थिए। पाँच घण्टा पर्खाएर कपिल अाएपछि श्रद्धाले सुटिङ नै नगरी फर्कने धम्की दिएकी थिइन् तर कपिल तथा कार्यक्रम निर्माताले उनीसँग माफी मागेपछि राति ९ बजे मात्र कार्यक्रम सुटिङ सुरू गरिएकाे थियाे।

अाफ्नाे ख्यातिका कारण निकै व्यस्त रहने कपिलले कुनै बलिउड सेलिब्रेटीलार्इ पर्खाएकाे याे नै पहिलाे पटक भने हाेइन। पछिल्लाे वर्ष उनले घायल, वान्स अगेनकाे प्रमाेसनमा पुगेका सनी देअाेललार्इ पनि लामाे समय पर्खाएकाे खबर सार्वजनिक भएकाे थियाे। 


 

More form the Internet

loading...