करण बने दुर्इ सन्तानका बाबु

काठमाडाैं, फागुन २२- बलिउडका चर्चित अविवाहित निर्माता तथा निर्देशक करण जोहर जुडवा सन्तानका बाबु बनेका छन्। करणले सरोगेसीकाे (भाडाकाे काेख) सहारा लिएर दुर्इ सन्तानका बाबु भएका हुन्। करणले अाइतबार अाफु दुर्इ जुडवा सन्तान एक छाेरा र छाेरीकाे बाबु भएकाे घाेषणा गरेका हुन्।
करणले एक प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्-‘म यो खुशीको कुरा सबैसामु शेयर गर्न चाहन्छु। मेरो जीवनमा नयाँ सदस्य थपिएका छन्। यी दुई सन्तानलाई मेरो जीवनमा स्वागत गर्न पाउँदा म आफूलाई भाग्यमानी सम्झन्छु। मेडिकल साइन्सको माध्यमबाट यो कुरा सम्भव भएको हो। मैले, यो कुराको जिम्मेवारी लिन सक्छु भन्ने लागेपछि यस्तो निर्णय गरेको हुँ।’
साथै उनले अाफ्नाे सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै,'मेराे जिवनमा थप दुर्इ सुन्दर जीवन जाेडिए' लेखेका छन्। करणले छाेराकाे नाम यस र छाेरीकाे नाम रूही राखेकाे उल्लेख गरेका छन्।
करणका यी दुर्इ सन्तानकाे जन्म पछिल्लाे महिना मुम्बर्इ स्थित मश्रानी अस्पतालमा भएकाे हाे। शुक्रबार, दुई सन्तानको बाबुकाे रूपमा करणकाे नाममा दर्ता भएपश्चात करणले याे खबर सार्वजनिक गरेका हुन्। बलिउडमा, नायक साहरुख खान, तुषार कपुर, आमिर खानले पनि सरोगेसी मार्फत सन्तान जन्माएका थिए।