Suvadin, Home

‘कथा काठमाण्डु’ को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

'जुन अनि तारा’ बोलको गीतमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी, प्रियंका कार्की, संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, पेक्षा अधिकारीलाई फिचर्ड गरिएको छ। दिपेश सुब्बाको संगीत रहेको गीतमा इशान सुब्बाको शब्द तथा सुगम पोखरेल स्वर छ। संगीता श्रेष्ठको डेब्यू निर्देशन फिल्म असोज १२ मा रिलिज हुनेछ। संगीताले नै यो सिनेमाको कथा लेखेकी हुन्। विजय राईको निर्माणमा तयार भएको यो सिनेमामा लुजा सिंहको छायांकन छ। ‘कथा काठमाण्डू’ ले तीन भिन्नभिन्न कथालाई सिनेमा पेस गर्नेछ।

काठमाडाैं, २५ साउन – प्रियंका कार्की तथा प्रमोद अग्रहरीको अन्तरंग दृश्यका कारण चर्चा एवम् अालोचित बनेको ‘कथा काठमाण्डु’ को दोस्रो गीत सार्वजनिक भएको छ।

'जुन अनि तारा’ बोलको गीतमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी, प्रियंका कार्की, संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, पेक्षा अधिकारीलाई फिचर्ड गरिएको छ।

दिपेश सुब्बाको संगीत रहेको गीतमा इशान सुब्बाको शब्द तथा सुगम पोखरेल स्वर छ। संगीता श्रेष्ठको डेब्यू निर्देशन फिल्म असोज १२ मा रिलिज हुनेछ।

संगीताले नै यो सिनेमाको कथा लेखेकी हुन्। विजय राईको निर्माणमा तयार भएको यो सिनेमामा लुजा सिंहको छायांकन छ। ‘कथा काठमाण्डू’ ले तीन भिन्नभिन्न कथालाई सिनेमा पेस गर्नेछ।

अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमाका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन्। फिल्मले यसअघि इन्दिरा जोशीको स्वरमा रहेको 'रातको कुरा' बोलको गीत सार्वजनिक गरेको थियो।

 


 

More form the Internet

loading...