Suvadin, Home
Nepal life 2.627M

केकी अधिकारी पनि निर्मात्री बन्दै

करिश्मा रेखा थापा, मानन्धर, निशा अधिकारी, शुभेच्छा थापा आदि अभिनेत्री चलचित्र निर्मात्रीका रूपमा समेत चिनिएका छन्। यो सूचीमा अर्को एउटा नाम थपिएको छ,केकी अधिकारी। २०७५ सालकाे तिहारपछि छायांकन प्रारम्भ हुने एउटा डार्क कमेडी चलचित्रमार्फत केकी निर्मात्रीका रूपमा दर्शकमाझ आउनेछिन्।
केकी अधिकारी।

काठकाडाैं, २८ पुस – नेपाली चलचित्रका अभिनेत्रीहरू खुरु–खुरु निर्मात्री तथा निर्देशिका बन्ने क्रम जारी छ। दीपाश्री निरौला, झरना थापालगायतका नायिकाहरु निर्देशनमार्फत आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। त्यस्तै केही अभिनेत्रीले निर्माताका रूपमा समेत सफलताको स्वाद चाखिसकेका छन्।

करिश्मा रेखा थापा, मानन्धर, निशा अधिकारी, शुभेच्छा थापा आदि अभिनेत्री चलचित्र निर्मात्रीका रूपमा समेत चिनिएका छन्। यो सूचीमा अर्को एउटा नाम थपिएको छ,केकी अधिकारी। २०७५ सालकाे तिहारपछि छायांकन प्रारम्भ हुने एउटा डार्क कमेडी चलचित्रमार्फत केकी निर्मात्रीका रूपमा दर्शकमाझ आउनेछिन्।

म्युजिक भिडियोका अब्बल निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने उक्त चलचित्रको छायांकन पश्चिम नेपालमा गर्ने तयारी भैरहेको छ। केकीसहित थप दुई अभिनेत्रीको मुख्य भूमिका रहने उक्त चलचित्रमा केही लोकप्रिय हास्य अभिनेताले समेत अभिनय गर्दैछन्। 

 


 

More form the Internet

loading...