Suvadin, Home

नाटा मिडिया अवार्डबाट सेजनका प्रदीप चापागाईँ सम्मानित

चापागाईँलाई सञ्चार माध्यममा रहेर पर्यटन क्षेत्रको प्रवद्र्धनका  लागि योगदान पुर्‍याएबापत २५ हजार राशीसहितको उक्त पुरस्कार प्रदान गरिएको हो। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई सम्मान प्रदान गरे।

काठमाण्डौ १ माघ – नेपाल एसोसियशन अफ् टुर्स एण्ड ट्राभल एजेन्ट ‘नाटा मिडिया अवार्ड २०१९’बाट नेपाल टेलिभिजनका सञ्चारकर्मी एवं नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष प्रदीप चापागाईँ सम्मानित भएका छन्।

चापागाईँलाई सञ्चार माध्यममा रहेर पर्यटन क्षेत्रको प्रवद्र्धनका  लागि योगदान पुर्‍याएबापत २५ हजार राशीसहितको उक्त पुरस्कार प्रदान गरिएको हो। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई सम्मान प्रदान गरे।

कार्यक्रममा नाटा मिडिया अवार्ड २०१९ बाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, रिपब्लिका दैनिकका समाचारदाता अर्पणा आले, टुरिजम अनलाइनका सम्पादक प्रशान्त प्रधान र दैनिक नेपाल अनलाइनका सम्पादक माधव तिवारीलाई पनि सम्मान गरिएको छ।


 

More form the Internet

loading...