Suvadin, Home
Bridge Water

‘खोट्टाबजी’का बाबालाई रु १ लाख सहयोग

मुटु रोगबाट पीडित कपालीको उपचारमा सहयोगका लागि विभिन्न कलाकारबाट रकम संकलन गरिएको थियो। ‘इमेज च्यानल’बाट नेवारी भाषामा प्रसारण भएको ‘खोेट्टाबजी’ टेलिसिरियलमा खेल्ने स्थानीय जनबहालमा बसोबास गर्दै आएका कपालीको केही महिनादेखि मुटुमा समस्या देखिएको छ। 
सांकेतिक तस्वीर

काठमाडौं, फागुन २२ – सुखावती मल्टी प्रोडक्ट र खोट्टाबजी समूहले कलाकार मानकृष्ण कपाली ‘बाबा’लाई रु एक लाख २२ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। 

मुटु रोगबाट पीडित कपालीको उपचारमा सहयोगका लागि विभिन्न कलाकारबाट रकम संकलन गरिएको थियो। ‘इमेज च्यानल’बाट नेवारी भाषामा प्रसारण भएको ‘खोेट्टाबजी’ टेलिसिरियलमा खेल्ने स्थानीय जनबहालमा बसोबास गर्दै आएका कपालीको केही महिनादेखि मुटुमा समस्या देखिएको छ। 

सुखावती प्रोडक्टका निर्देशक विनोद तुलाधरले कलाकारिताको माध्यमबाट नेवारी भाषा साहित्यको विकासमा योगदान गरेका कपालीको स्वास्थ्यमा समस्या र आर्थिक अवस्था कमजोर रहेका कारण आफ्नो संस्थाले विभिन्न कलाकारसँग समन्वय गरी मानवीय सहयोग उपलब्ध गराएको जानकारी दिएका छन्।