Suvadin, Home

Cover Image

‘किक २’ मा सलमानकी हिरोइन को ?

मुम्बई । बलिउड फिल्म ‘किक’ को सफलतापछि निर्देशक साजिद नाडियाडवाला यसको दोस्रो सिक्वेल बनाउनमा जुटेका छन् । यो फिल्मको स्किृप्ट केही महिनामा तयार हुनेछ भने फिल्मको छायांकन सन् २०२० बाट शुरु हुनेछ ।

सलमान खान फेरि एकपटक डेविल (देवीलाल सिंह) को भूमिकामा देखिनेछन् । फिल्मलाई साजिदले भने निर्देशन गर्नेछैनन् । उनले अरु कसैलाई निर्देशनको जिम्मा दिने सोच बनाएका छन् ।

साजिद र सलमानको मित्रता लामो छ । जीत, जुडुवा, हर दिल जो प्यार करेगा, जानेमन लगायतका फिल्ममा यी दुईले एकसाथ काम गरिसकेका छन् ।

‘किक २’ मा सलमान खानसँग को हिरोइन रहनेछिन् भन्नेमा धेरैको चासो छ । खबरका अनुसार ज्याकलिन फर्नाडिस यो फिल्ममा हुनेछिन् ।

भारतीय मिडियाका अनुसार यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । पहिलो यो फिल्म ‘इन्शाल्लाह’ नबन्ने भएपछि सन् २०२० मा रिलिज हुनेछ । तर, साजिदले यो कुरा सत्य नभएको बताएका थिए ।


 

More form the Internet

loading...