Suvadin, Home

निखिल उप्रेती तरबारसहित चोभारको डाँडामा नाचेपछि ...

आगामी पुस २२ गते रिलिज गर्ने तयारीमा रहेको चलचित्र ‘किङ’को अर्को गीत सार्वजनिक भएको छ। पछिल्लो पटक चलचित्र ‘भैरब’, ‘लुटेरा’बाट नेपाली सिने जगतमा ‘हिट’ भएका नायक निखिल उप्रेती अभिनित ‘किङ’लाई भैरबकै निरन्तरताका रुपमा हेरिएको छ।
चलचित्र किङमा निखिल।

काठमाडौं, पुस २३


आगामी पुस २२ गते रिलिज गर्ने तयारीमा रहेको चलचित्र ‘किङ’को अर्को गीत सार्वजनिक भएको छ।

पछिल्लो पटक चलचित्र ‘भैरब’, ‘लुटेरा’बाट नेपाली सिने जगतमा ‘हिट’ भएका नायक निखिल उप्रेती अभिनित ‘किङ’लाई भैरबकै निरन्तरताका रुपमा हेरिएको छ।

‘किङ’को ‘लातको भूत’ नामक गीतमा उप्रेती तरबारसहित नाचेका देखिन्छन्। चोभार छेउछाउ खिचिएको उक्त गीत रामजी लामिछानेले निर्देशन गरेका हुन्। गीतमा बसन्त सापकोटा, दिनेश सुनाम र सुरेन्द्र डी. कार्कीको संगीत छ।

जे एस इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्देशक सबिर श्रेष्ठ हुन्। निखिलको साथमा नायिका वेनिशा हमाल, अनुपविक्रम शाहीलगायतको अभिनय छ।


 

More form the Internet

loading...