Suvadin, Home

निर्देशक भण्डारी भन्छन्,
'काेहलपुर एक्सप्रेसकाे कथावस्तु पश्चिम नेपालकाे सेराेफेराेमा घुमेकाे छ'

टेलिभिजनकर्मीका रुपमा समाजलार्इ सु–सूचित गरिरहँदा विशालले सयाैं म्यूजिक भिडियाे निर्देशन गरे, निर्माण गरे। म्यूजिक भिडियाेमा अलग सन्देश प्रवाह गर्ने र कथा नै बुन्ने गरेका सफल निर्देशक भण्डारीकाे अबकाे यात्रा फिल्मतर्फ माेडिएकाे छ। विशाल टेलिभिजनमा जति रमाए, म्यूजिक भिडियाे र कला अन्य विधामा पनि उत्तिकै सफल रहँदै अाएका छन्। उनकाे याे सफलताका पछाडि निकै मेहनत पनि सँगसँगै जाेडिएर अाएकाे छ।

काठमाडाैं, माघ २४ – नेपाली टेलिभिजन स्टारका रुपमा ख्याती कमाएका विशाल भण्डारीकाे अलग–अलग फिल्डमा छुट्टै पहिचानका साथ स्थापित हुँदैछन्। टेलिभिजनकर्मीका रुपमा समाजलार्इ सु–सूचित गरिरहँदा विशालले सयाैं म्यूजिक भिडियाे निर्देशन गरे, निर्माण गरे। म्यूजिक भिडियाेमा अलग सन्देश प्रवाह गर्ने र कथा नै बुन्ने गरेका सफल निर्देशक भण्डारीकाे अबकाे यात्रा फिल्मतर्फ माेडिएकाे छ। विशाल टेलिभिजनमा जति रमाए, म्यूजिक भिडियाे र कला अन्य विधामा पनि उत्तिकै सफल रहँदै अाएका छन्। उनकाे याे सफलताका पछाडि निकै मेहनत पनि सँगसँगै जाेडिएर अाएकाे छ। युवा निर्देशक विशाल भण्डारी काेहलपुर एक्सप्रेसकाे निर्देशन गरेर प्राविधिक पक्षलार्इ फिनिसिङ गर्ने कार्यमा जुटिरहेका छन्। फिल्ममा समावेश गरिएका गीतले एकपछि अर्काे गर्दै ट्रेण्डिङमा पहिलाे नम्बरमा परिरहेका छन्। रिलिजअघि नै फिल्मकाे चर्चा चुलिएकाे छ। प्रस्तुत छ नायिका केकी अधिकारीले निर्माण गरेकाे उक्त फिल्मका विषयमा निर्देशक भण्डारीसँग शुभदिनले गरेका संवादः

कोहलपुर एक्सप्रेसको प्राविधिक काम कहाँ पुग्याे?

–प्राविधिक काम धमाधम चलिरहेकाे छ। सिअाेडब्ल्यू काउ बोलको गीत रिलिज भइसकेकाे छ। हामीले त्यो गीतको रेस्पोन्स राम्रो पायाैं। युट्यूब ट्रेण्डिङमा पहिलाे नम्बरमा रह्याे। फिल्मकाे डभिङ प्रोसेस हुँदै छ। अब अरु गीतहरु रिलिज गर्न बाँकी र फिल्मका ब्याक साउण्डहरुकाे काम पनि चलि हेकाे छ।

तपाई म्यूजिक भिडियो निर्देशन गरेर फिल्ममा प्रवेश गर्नु भयाे, कस्तो रह्याे अनुभव?

–म्यूजिक भिडियो र फिल्ममा धेरै फरक हुँदाे रहेछ। यी दुई विधाका अायाम नै फरक छन्। जस्तो कि, म्यूजिक भिडियोमा ब्याक साउण्ड दिइएको हुन्छ, फिल्ममा हुन्न। फिल्ममा त छायांकन मात्र गर्नुपर्ने हुन्छ। सबै त्यहाँ एक्टिङ गर्ने, डाइलग एक्सप्रेसन लाइटको वातावरण आफैँ सिर्जना गर्नुपर्ने हुन्छ। र, पछि मात्र अावाज भर्ने काम हुन्छ। त्यसैले भिडियो र फिल्मको प्रोसेस ठ्याक्कै उल्टो छ। तर, मलार्इ जुन काम पनि सजिलाे लाग्छ। 

तपार्इकाे फिल्म निर्देशनकाे प्रारम्भ हाे याे। डेब्यूलाई करियरकाे माइलस्टाेन नै मानिन्छ। यसलार्इ कुन रुपमा लिनु भएको छ? र, कतिको आशावादी हुनुहुन्छ?

–निर्देशनकाे यात्राका क्रममा अवसर र चुनाैती दुवै अाउने गर्छन्। मेराे धेरै पहिलेदेखि नै फिल्म बनाउने सपना थियाे, त्याे अहिले पुरा गर्दैछु। र, त्यो सपना अनुसार नै हामीले फिल्ममा मेहनत गरेका छाैं। यो फिल्म पुरै मसलेदार छ। इमोसनल छ। कमेडी पनि छ। आशा छ, सबै दर्शकले मन पराउनु हुने छ। मेराे सपना थियाे कि, कुनै दिन मेराे फिल्म हेरेर दर्शक हाँसिदिनु हुनेछ। अाज त्याे मेरो सपना पूरा हुँदै छ। दर्शक हाँस्नु पनि हुनेछ। कथाकाे श्रृंखलासँगै केही इमाेसनल पनि। धेरै अर्थमा काेहलपुर एक्सप्रेस पृथक छ। यसमा पश्चिम नेपालकाे सामाजिक यथार्थलार्इ पर्दामा उतार्ने काेसिस गरिएकाे छ। अझ भनाैं, सामाजिक यथार्थसँग नजिक छ।

निर्देशनका क्रममा रहेकाे अविष्मरणीय क्षण के थियाे?

–सुटिङको एउटा रोचक घटना चाहिँ –केकी अधिकारीको सट लिइरहेका थियौं। त्यो बेलामा केकीलाई प्य्रान्क गर्न खोज्दा हामी सक्सेस भएनौं। तर, पछि गएर चाहिँ केकीले नै हामीलार्इ प्य्रान्क गरेर २ घन्टा जत्ति नै सुटिङ रोकिएको थियो। त्यो प्य्रान्क ऋचा र केकीको थियाे। दुर्इ जना हिराेइन झगडा मात्रै गर्ने! मैले कत्ति मिलाउन खोजें, सकिन। त्यसदिनकाे सुटिङ नै भएन अन्त्यमा थाहा भयाे कि, त्यो झगडा नभई प्य्रान्क थियाे। त्याे समय म कहिल्यै बर्सिन सक्दिँन।

अनि यसको छायांकन कुन–कुन ठाउँमा गर्नु भएको छ?

–कोहलपुरको असपासमा छाँयाङ्कन गरिएकाे छ। अनि टीकापुर, काठमाडौं तथा कर्णालीको नदीको किनार र अन्य केही स्थानमा छाँयाङ्कन गरिएकाे छ।

यो फिल्ममा काम गर्दा क–कसले तपार्इ साथ दिनु भयाे? क–कसलार्इ सम्झिन चाहनु हुन्छ?

–विशेषगरी, केकी अधिकारी र भद्रबहादुर शाहीलार्इ म सम्झिन्छु। उहाँहरुले मलार्इ विश्वास गरेर यो काम दिनु भएको हाे। अनि दुई जना प्रोड्युसर हुनुहुन्छ, देविलाल न्यौपाने र शिवप्रसाद चौलागाई। उहाँहरुलाई धेरै–धेरै धन्यवाद साथै क्यामरामेन अर्जुन तिवारी र कलाकारहरु केकी, प्रियंका कार्की, ऋचा शर्मा, रवीन्द्र झा, बुद्धि तामाङ लगायत सबै साथीहरुप्रति अाभारी छु।


 

More form the Internet

loading...