Suvadin, Home
केही समयअघि राप्रपामा पार्टीमा प्रवेश गरेकी गायिका तथा सञ्चारकर्मी कोमल वलीले आफूले कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएको दाबी गरेकी छिन्। सूचना तथा सञ्चार मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको दाबी गरेकी हुन्।
काेमल वली ।

काठमाडौं, माघ ७


केही समयअघि राप्रपामा पार्टीमा प्रवेश गरेकी गायिका तथा सञ्चारकर्मी कोमल वलीले आफूले कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएको दाबी गरेकी छिन्।

सूचना तथा सञ्चार मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको दाबी गरेकी हुन्।

सरकारी कर्मचारी भएर राजनीतिक दलको सदस्यता लिएको भन्दै उनीमाथि हेल्लो सरकारमा उजुरी परेको थियो। उजुरीउपर सञ्चार मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो।

‘म गायिका भएका नाताले सबै दलको निम्तोमा कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष जान्छु,’ उनले भनेकी छिन्, ‘मैले कुनै पार्टीको सदस्यता लिएको छैन।’


 

More form the Internet

loading...