Suvadin, Home

अशोक दर्जीले प्रधानमन्त्री ओलीलाई भेटेर सुनाए आफ्नो गीत

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

काठमाडाैं, साउन २१ – रातारात युटुबमा गीत गाएर भाइरल भएका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

भेटमा अशोकले प्रधामन्त्री ओली सामु आफ्नै ‘मन विनाको धन ठुलो कि धन विनाको मन’ बोलको गीत गाएर सुनाए। अशोकको गीत सुनिसकेपछि प्रधानमन्त्री ओलीले अशोकको गीतको प्रशंसा गरेका थिए।

भेटमा प्रधानमन्त्री ओलीलाई झापामा बन्दै गरेको अशोकको घर हन्तान्तरण कार्यक्रममा आइदिन अनुरोध गरिएको छ । यसबिषयमा ओली सकारात्मक भएको गायक टंकले जनाएका छन् ।


 

More form the Internet

loading...