Suvadin, Home

नेपाली साहित्यकार अमेरिकामा पुरस्कृत
वरिष्ठ साहित्यकार धराबासीलार्इ अन्तर्राष्ट्रिय भाषा साहित्य पुरष्कार

वरिष्ठ साहित्यकार कृष्ण धराबासीलाई संयुक्त राज्य अमेरिकामा पुरस्कृत हुने भएका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले धराबासीलार्इ अन्तर्राष्ट्रिय भाषा साहित्य पुरष्कार प्रदान गर्ने भएको हाे।
वरिष्ठ साहित्यकार कृष्ण धराबासी।

काठमाडाैं, १९ पुस – वरिष्ठ साहित्यकार कृष्ण धराबासीलाई संयुक्त राज्य अमेरिकामा पुरस्कृत हुने भएका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले धराबासीलार्इ अन्तर्राष्ट्रिय भाषा साहित्य पुरष्कार प्रदान गर्ने भएको हाे। 

अायाेजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माका अनुसार संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले वाशिङ्गटनमा अायाेजना गरिने कार्यक्रममा धराबासीलाई डेढ लाख रुपैयाँ राशी रहेकाे अन्तर्राष्ट्रिय भाषा साहित्य पुरष्कार प्रदान गर्नेछन्।

विश्वकर्माले साेही समाराेहमा पाँच वटा साहित्य विधामा अन्तर्राष्ट्रिय पुरस्कार र नेपाली भाषा साहित्यमा १९ विधामा पुरस्कार वितरण गरिने जनाएका छन्। अागामी जनवरी ६ तारिखका दिन विशेष समाराेहका बीच पुरस्कार वितरण गरिने छ।

धराबासीकाे राधा उपन्यास केही समयअघि मात्रै अंग्रेजी भाषामा अनुवाद गरिएकाे छ। वि.सं. २०६२ सालमा राधा उपन्यासकै लागि धराबासीलार्इ मदन पुरस्कार प्रदान गरिएकाे थियाे।

कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगै नेपाल क्यानाडा, जापान लगायत देशमा सक्रिय नेपाली साहित्यकारहरुलार्इ पुरस्कार ग्रहणका लागि अामन्त्रण गरिएकाे छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साहित्य सेवामा सक्रिय संस्था हाे।

सम्मानित साहित्यकार धराबासीका बालक हराएको सूचना, विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरु, उन्मुक्तिका आवाजहरु, लीला लेखन, नारीभित्र त्यस्ता के छ हजुर, शरणार्थी, झोला, आँधी नआउने घर, कान्छी राधा, राधा, पाण्डुलिपी, टुँडाल, आमा, गेष्टापो लगायतका कथा संग्रह, कविता संग्रह, निबन्ध संग्रह, समालाेचना र उपन्यास चर्चित छन्। 

धराबासीकाे राधा उपन्यास केही समयअघि मात्रै अंग्रेजी भाषामा अनुवाद गरिएकाे छ। वि.सं. २०६२ सालमा राधा उपन्यासकै लागि धराबासीलार्इ मदन पुरस्कार प्रदान गरिएकाे थियाे।


 

More form the Internet

loading...