Suvadin, Home

छोटो समयमा नै दर्शकको मनमा बस्न सफल कृष्णा

कृष्णा सिराडी लोक देउडा गायिका हुन् । कर्णप्रिय स्वरकी धनी कृष्णा सांगीतिक क्षेत्रमा लागेको धेरै भएको छैन । आगामी चैतमा उनलाई सांगीतिक क्षेत्रमा प्रवेश गरेको तीन वर्ष पुग्ने छ ।

धनगढी । कृष्णा सिराडी लोक देउडा गायिका हुन् । कर्णप्रिय स्वरकी धनी कृष्णा सांगीतिक क्षेत्रमा लागेको धेरै भएको छैन । आगामी चैतमा उनलाई सांगीतिक क्षेत्रमा प्रवेश गरेको तीन वर्ष पुग्ने छ ।

'चोखो माया फेरी' गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी कृष्णाले तीन वर्ष नपुग्दै दुई सय बढी गीतमा स्वर दिइसकेकी छन् । स्रोताको मायाले हौसिएकी कृष्णाका झल्का लाइगै साली, सालीको बैश, पर्श छ कानैनो लगयत दर्जनौ गीत चर्चित छन् । उनले एउटा आधुनिक गीतमासमेत स्वर दिएकी छन् । 

कृष्णाको गायन यात्रा धेरै लामो नभए  पनि मिठो स्वरकै कारण उनको गायकीको चर्चा खुब छ । बाल्यकालदेखि उनको संगीतप्रति लगाब थियो । रेडियोमा गीत बज्दा नसकिनसम्म उनलाई उठ्नै मन लाग्दैनथ्यो । त्यही लगावले नै संगीत यात्रा थालेको उनी बताउँछिन् । ‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेको हुँ,’ उनी भन्छिन् । यसमा परिवारको पनि साथ पाइरहेको उनी बताउँछिन् ।

कृष्णाले पछिल्लो समय म्युजिक भिडियोको छायांकन समेत गर्दै आएकी छन् । गायन नै आफ्नो लक्ष्य भएको बताउने सिराडीले आगामी यात्रा पनि यसैमा निरन्तरता दिने सोच बनाएकी छन् । 


 

More form the Internet

loading...