Suvadin, Home

Cover Image

तरकारीवालीको नामले चर्चा कमाएकी कुसुमले गरिन बिहे

तरकारीवाली नामले परिचित कुसुम श्रेष्ठले विवाह गरेकी छन् । कुनै समय सामाजिक सञ्जालमा उनले तरकारीवालीको नाममा निकै चर्चामा कमाएकी थिइन् ।

काठमाडौं । तरकारीवाली नामले परिचित कुसुम श्रेष्ठले विवाह गरेकी छन् । कुनै समय सामाजिक सञ्जालमा उनले तरकारीवालीको नाममा निकै चर्चामा कमाएकी थिइन् ।

कुसुमले गत शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेको बताइएको छ । गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेको कुशुमको तस्बिर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएपछि उनी बिबिसी जस्ता अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत छाएकी थिइन् ।

फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर आएका थिए । उनले नेपाली चलचित्र ‘लम्फु’ मा अभिनय गरेकी थिइन् । तर, उनलाई अभिनय क्षेत्रबाट सोचे अनुरुपको सफलता भने हात लागेन । उनको चर्चा कुनै समय निकै चुलिए पनि त्यो दिगो भने हुन सकेन ।


 

More form the Internet

loading...