Suvadin, Home

Cover Image

'लाल्टिन'काे रिलिज मिति सारियाे

अभिनेता दयाहाङ रार्इ अभिनित 'लाल्टिन' काे रिलिज मिति पछि धकेलिएकाे छ। निर्माण टिमले नयाँ टिजर सार्वजनिक गर्दै  चैत्र १८ मा प्रदर्शनमा अाउने भनिएकाे उक्त फिल्म आउँदो वर्षको जेठ २६ गते रिलिज हुने जानकारी दिएकाे छ।   

काठमडाैं, माघ २४

एक्सन, कमेडी, राेमान्स र क्राइमजस्ता विषयवस्तुलार्इ उठान गरेकाे याे चलचित्रलार्इ देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। सार्वजनिक टिजरमा दयाहाङ डनको अवतारमा देखिएका छन् भने नायिका प्रियंका कार्की हट अवतारमा देखिएकी छिन्। 

अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेकाे याे फिल्मकाे मनाेज राज भण्डारी र दीपक श्रेष्ठ सह-निर्माता हुन्। राेशन श्रेष्ठकाे एक्सन रहेकाे याे फिल्ममा कविराज गहतराज र भानुप्रतापकाे काेरियाेग्राफी रहेकाे छ।

यो फिल्ममा दयाहाङ राई , प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ। 

More form the Internet

loading...