Suvadin, Home

सुन्दर बजारकाे कथा!
‘लाटीको छोरो’ पूर्व दाैडाहामा, बिर्तामाेडमा कात्तिक २५ गतेदेखि

‘सन्देशका हिसाबले पनि यो नाटक बलियो छ, दोश्रो हामी गाउँमा पनि नाटक हेर्ने संस्कारको विकास होस् भन्ने चाहन्छौ,’ प्रकाश शुभदिनसँग भने, ‘त्यसैले काठमाडौंको रंगमञ्चको खास स्वाद यो नाटकमार्फत पूर्वमा तपाई–हाम्रै घर आँगनमा पस्किने जर्मको गर्दै छौं।’
प्रोडक्सन डिजाइनर प्रकाश दाहाल

अनिल यादव, झापा, असोज २७ – काठमाडौंको मण्डला नाटकघरमा सफलतापूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ पूर्वमा देखाइने भएको छ। आउँदो कात्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका विभिन्न स्थानमा मञ्चन हुने भएको हो। 

श्याम शाहको कथा ‘लाटीको छोरो’लाई नाट्य रुपान्तरण गरेर तयार पारिएको यो नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन्। उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिल गेट्स पण्डित’ नाटक निर्देशन गरेर राम्रो प्रशंसा बटुलेका थिए। 

त्यस्तै, नाटक ‘लाटीको छोरो’बाट ४२ वर्षपछि अभिनेता टीका पहारी नेपाली रंगमञ्चमा फर्किएका हुन्। लामो समयपछि नाटकमा फर्किएर नयाँ पुस्तासँग काम गर्न पाउँदा आफूलाई तन्नेरी महसुस भएको उनले बताउँदै आइरहेका छन्। 

नाटक पूर्वको बिर्तामोडमा कात्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिएका छन्। त्यसपछि मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी छ। शिवसताक्षीपछि दमकतिर लाग्ने नाटक युनिटको योजना छ। अन्य स्थानका लागि पनि कुराकानी भइरहेको छ।

‘पहिलो कुरा सन्देशका हिसाबले पनि यो नाटक बलियो छ, दोश्रो हामी गाउँमा पनि नाटक हेर्ने संस्कारको विकास होस् भन्ने चाहन्छौ,’ प्रकाश शुभदिनसँग भने, ‘त्यसैले काठमाडौंको रंगमञ्चको खास स्वाद हामी यो नाटकमार्फत पूर्वमा तपाई–हाम्रै घर आँगनमा पस्किने जर्मको गर्दैछौं।’ आफ्नो गाउँठाउँमा नाटक देखाउन चाहने कोही भए सम्पर्क गर्न उनले आग्रह गरेका छन्

नेपालको तराईमा एउटा सुन्दर बजार भन्ने वस्ती छ। त्यस वस्तीभित्र विभिन्न स्थानबाट आएका मानिसहरु र आदिमकालदेखि त्यस वस्तीमा बस्दै आएका डोम समुदायको बसोबास छ। देशमा भइरहेको कुनै पनि राजनीतिक उथलपथलले नछोएको सुन्दर बजारको आफ्नै रहनसहन छ। एकदिन त्यस बजारमा एउटी लाटी आइपुुग्छे। समय बित्दै जाँदा एकदिन लाटी गर्भवती भएको कुरा बजारमा फैलिन्छ।

बिर्तामोड मञ्चनका लागि हेल्पिङ हेन्ड्स, क्षितिज नाट्य समूह, सैनिक युथ क्लबले सहकार्य गरेको छ। ग्लोबल म्यानेजमेन्ट फाउण्डेसन सहयोग गरेको छ। त्यसैगरी, शिवसताक्षी नगरमा मञ्चनका लागि स्थानीय संस्था कृपा नेपालले संयोजन गर्ने भएको छ। 

नेपालको तराईमा एउटा सुन्दर बजार भन्ने वस्ती छ। त्यस वस्तीभित्र विभिन्न स्थानबाट आएका मानिसहरु र आदिमकालदेखि त्यस वस्तीमा बस्दै आएका डोम समुदायको बसोबास छ।

देशमा भइरहेको कुनै पनि राजनीतिक उथलपथलले नछोएको सुन्दर बजारको आफ्नै रहनसहन छ। एकदिन त्यस बजारमा एउटी लाटी आइपुग्छे। समय बित्दै जाँदा एकदिन लाटी गर्भवती भएको कुरा बजारमा फैलिन्छ।

र, बजारमा ठूलो तरङ्ग उत्पन्न हुन्छ। त्यसपछि लाटीमाथि हुने दुर्व्यवहार र विकास हुुने घटनाक्रम नाटकको मूल कथा हो। 

आर्ट स्टुडियोको प्रस्तुति रहेको ‘लाटीको छोरो’ नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भूमिका निर्वाह गरेकी छिन्। नाटकमा टीका पहारीले गाउँका नेता विश्वनाथको भूमिकामा रहेका छन्।

नाटकमा प्रकाश दाहाल, सन्देश लामिछाने, कुन्दन थारु, रियर राई, पशुपति राई, राजन काफ्ले, सुदीप खतिवडा, रोशन सुवेदी, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले अभिनय गरेका छन्। 

उक्त नाटक काठमाडौंमा भदौ २० गतेदेखि असोज ८ गतेसम्म मञ्चन भएको थियो। नाटकले सर्वत्र प्रशंसा बटुलेपछि पूर्वमा मञ्चनको तयारी गरिएको हो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकारहरु विल्सनविक्रम राई, गौरव पहारी, एड्रिन प्रधान लगायतले नाटक हेरिसकेपछि खुलेर प्रशंसा गरेका छन्। नाटकलाई सफर पोखरेल, जिया लामा र अनिष न्यौपानेले निर्माण गरेका हुन्। 


 

More form the Internet

loading...