अम्बिका गुरुङको कोशेली ‘ओम जय लक्ष्मी माता’ भिडियोसहित
सन्तोष पुर्कुटी
ताप्लेजुङ, कात्तिक १– तिहारलाई लक्षित गर्दै गीतकार अम्बिका गुरुङले ‘ओम जय लक्ष्मी माता’ बोलको भजन गीत सार्वजनिक गरेकी छन्।
विगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी गुरुङले लक्ष्मी पूजालाई लक्षित गर्दै यूट्युबमार्फत् भजन गीत सार्वजानिक गरेकी हुन्।
मीना सिंहका स्वर रहेकोे गीतमा प्रकाश लेप्चाले संगीत भरेका छन्। समन अधिकारीले निर्देशन गरेको गीतको म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्। दीपेन्द्र थपलियाले छाँयाङ्कन गरेका छन्।
विदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएकी गुरुङद्वारा रचना भएका दर्जनौ गीत चर्चामा छन्।