Suvadin, Home

१४ केजीको लेहंगाले हंगामा

दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनको नयाँ फिल्म 'ओम नमो वेंकेटेशायको' यतिबेला सामाजिक सञ्जालमा खुब चर्चा छ। एकातिर नागार्जुनका प्रशंसकहरूका लागि यो फिल्म एकदमै प्रतिक्षित छ भने अर्कातिर फिल्मकी अभिनेत्री प्रज्ञा जयसवालको फस्ट लुकले खुब धमाका मच्चाएको छ।
प्रज्ञा जैसवाल।

काठमाडाैं,पुस १८


दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनको नयाँ फिल्म 'ओम नमो वेंकेटेशायको' यतिबेला सामाजिक सञ्जालमा खुब चर्चा छ। एकातिर नागार्जुनका प्रशंसकहरूका लागि यो फिल्म एकदमै प्रतिक्षित छ भने अर्कातिर फिल्मकी अभिनेत्री प्रज्ञा जयसवालको फस्ट लुकले खुब धमाका मच्चाएको छ।

फिल्म निर्माता कम्पनी साईले फस्ट लुकमा देखिएकी नायिका जयसवालले उक्त सिनका लागि १४ केजी सुन जडित पहिरन लगाएको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको हो। निर्माता कम्पनीको दाबी बमोजिम जयसवालले फिल्मको एक सिन सुटिङका लागि उक्त १४ केजी सुनजडित लेहंगा लगाएकी थिइन्।

सो कुरालाइ थप पुष्टि गर्दै अभिनेत्री जयसवालले ट्वीटरमा उक्त फिल्मको फस्टलुक सार्वजनिक गर्दै  @14kggoldlehenga राखेपछि सो विषयमा खुब चर्चा भएको हो। ट्वीटमा उनले लेखेकी छिन्, ‘यो मेरो ओम नमो वेंकेटेशायको फस्ट लुक हो, फिल्मको हिस्सा हुन पाउँदा म निकै खुसी छु।’

उक्त फिल्ममा नागार्जुन, प्रज्ञा जयसवाल, अनुष्का सेट्टी लगायतका कलाकारहरू मुख्य भूमिकामा छन्। फिल्म २०१७ फेब्रअरी ९ मा रिलिज हुँदैछ।


 

More form the Internet

loading...