Suvadin, Home

नेपाली चलचित्र 'लेक साइड' काे 'मेराे एञ्जल' सार्वजनिक

नेपाली चलचित्र 'लेक साइड' काे नयाँ गीत सार्वजनिक भएको छ। अभिनेता जीवन लुइटेल र अभिनेत्री नीता ढुगना फिचरिङ 'मेरो ऐञ्जल' बोल गीतमा विनय केतुेले स्वर दिएका छन् भने चन्द्रज्याेती ढुंगानाको शब्द र संगीत रहेको छ।

काठमाडाैं, माघ १८

पोखरामा छायांकन उक्त गीतमा अभिनेता जीवन लुइटेल हिव्लचेयरमा देखिएका छन्। राजु अधकिारीले निर्देशन गरेको चलचित्र सांगीतिक विषयवस्तुमा आधारीत छ। पोखराको लेकसाइडमा बस्दै आएका एक यूवाको सांगीतिक करिअरको कथामा यो चलचित्र बनेको छ।

तीन चलचित्र नोटबुक,भुलभुलया र धुनमा सँगै काम गरेका जीवन र नीताको यो चौथो चलचित्र हो।

आशुतोष प्रोडक्सन प्रा.लि र चन्द्रज्याेतीफिल्मस्को ब्यानरमा तयार भएको चलचित्र चन्द्रज्याेती ढुंगाना र एञ्जल ढुंगानाले निर्माण गरेका हुन्। 

More form the Internet

loading...