Suvadin, Home

नेपाली साहित्यका महत्वपूर्ण ८ व्यक्तित्वलाई साहित्यदूत घोषित

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट ८ साहित्यकारलाई हिमालहरुका नाम जोडेर सम्मान घोषणा गरेका छन्।

काठमाडौं, १६ माघ – विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट ८ साहित्यकारलाई हिमालहरुका नाम जोडेर सम्मान घोषणा गरेका छन्।

जस अनुसार नेपाली साहित्यदूत सगरमाथा तुलसी दिवस र नेपाली साहित्यदूत कन्चनजंघा प्रा डा टंकप्रसाद न्यौपाने –नेपाल, नेपाली साहित्यदूत ल्होत्से मनप्रसाद सुब्बा र नेपाली साहित्यदूत भीम विरही– भारत, नेपाली साहित्यदूत मकालु टेकनारायण रिमाल र नेपाली साहित्यदूत मनास्लु ठाकुरप्रसाद गुरागाईँ –म्यानमार, नेपाली साहित्यदूत चोयु भक्त घिमिरे– भुटान/अमेरिका र नेपाली साहित्यदूत धौलागिरि अन्नपूर्णलक्ष्मी राई – बेलायतलाई घोषणा गरिएको छ। 

सम्मानित स्रष्टालाई ताम्रपत्रसहित सो सम्मान अर्पण गरिने बताइएको छ। यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्यदूत घोषणा गरेको महासङ्घका राजु सुब्बाले जानकारी दिएका छन्।


 

More form the Internet

loading...