Suvadin, Home

भोट हाल्न नपाएपछि श्रीमानविरुद्ध करिस्माकाे अाक्राेश

मतदान गर्ने नैसर्गिक अधिकारमाथि श्रीमान विनोद मानन्धरले हस्तक्षेप गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरेकी हुन्।
अभिनेेत्री करिस्मा मानन्धर।

काठमाडाैं, वैशाख ३१–स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट मतदान गर्न नपाएपछि अभिनेत्री  करिस्मा मानन्धरले आफ्ना श्रीमानप्रति आक्रोश व्यक्त गरेकी छन्।

मतदान गर्ने नैसर्गिक अधिकारमाथि श्रीमान विनोद मानन्धरले हस्तक्षेप गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरेकी हुन्।

करिस्मा काठमाडौंमा जन्मिएकी हुन्।विनोद मानन्धरको पुर्खौली थलो सप्तरीबाट नागरिकता बनाएको तर काठमाडौंमा बसाइँसराइ गरेपछि श्रीमानले आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न कुनै पहल नगरेको भन्दै करिस्माले आक्रोश व्यक्त गरेकी हुन्। 

नायिका करिस्मा नयाँ शक्ति पार्टी नेपालकी नेतृ हुन्।


 

More form the Internet

loading...