Suvadin, Home

लुट-२ ले पायाे पिजी सर्टिफिकेट

निर्देशक निश्चल बस्नेतकाे ‘लुट-२’लार्इ चलचित्र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएकाे छ। चलचित्र आइतबार सेन्सर भएको थियाे जसमा सेन्सर बोर्डले चलचित्रलाई ‘पिजी’ सर्टिफिकेट दिएकाे हाे। केही दिनअघि पत्रकार सम्मेलनमा  'लुट-२’ का निर्देशक बस्नेतले यदि चलचित्र सेन्सर बोर्डले संवाद र दृश्य काटेर पनि चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको खण्डमा सर्वोच्च जाने अभिव्यक्ति दिएका थिए।

काठमडाैं, माघ २४


निर्देशक निश्चल बस्नेतकाे ‘लुट-२’लार्इ चलचित्र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएकाे छ। चलचित्र आइतबार सेन्सर भएको थियाे जसमा सेन्सर बोर्डले चलचित्रलाई ‘पिजी’ सर्टिफिकेट दिएकाे हाे।

केही दिनअघि पत्रकार सम्मेलनमा  'लुट-२’ का निर्देशक बस्नेतले यदि चलचित्र सेन्सर बोर्डले संवाद र दृश्य काटेर पनि चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको खण्डमा सर्वोच्च जाने अभिव्यक्ति दिएका थिए। तर, अाइतबार सेन्सर बाेर्डका पदाअधिकारीहरूले फिल्म हेरेपछि पीजि सर्टिफिकेट दिएका छन्। अब, १६ वर्ष तलका बालबालिकाले फिल्म हेर्न जाँदा अभिभावक लिएर जानुपर्ने छ।

सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले छायांकन गरेक उक्त फिल्म सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्। ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा निर्माण भएकाे याे फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनकाे लगानी छ।

फिल्ममा दयाहाङ राई , सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ। २०६९ मा प्रदर्शनमा अाएकाे हिट फिल्म लुट काे सिक्वल लुट-२ फागुन १३ गते देशव्यापी प्रदर्शनमा अाउनेछ।


 

More form the Internet

loading...