Suvadin, Home

Cover Image

स्वस्तिमा र सुरजकाे लभ लभ लभ ट्रेलर सार्वजनिक

दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘लभ लभ लभ’को ट्रेलर सार्वजनिक भएकाे छ। वैशाख १ गतेबाट रिलिज हुने उक्त फिल्मकाे ट्रेलर निर्माणपक्षले बिहीबार सार्वजनिक गरेकाे हाे।  

काठमाडाैं, फागुन १३ - दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘लभ लभ लभ’को ट्रेलर सार्वजनिक भएकाे छ। वैशाख १ गतेबाट रिलिज हुने उक्त फिल्मकाे ट्रेलर निर्माणपक्षले बिहीबार सार्वजनिक गरेकाे हाे।  

प्रेमकथामा अाधारित उक्त फिल्मकाे ट्रेलरमा स्वस्तिमा खड्का र सुरज पाण्डेको मित्रता र एकतर्फ प्रेमलाई देखाइएको छ। शर्मिला पाण्डेले निर्माण गरेकाे याे फिल्ममा स्वस्तिमा र सुरजसँगै रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, ए गुरुङ लगायतका कलाकार मुख्य भूमिकामा छन्।

सुरज सिने अार्टस्काे ब्यानरमा निर्मित उक्त फिल्ममा निरज कडेलकाे छायांकन छ।  फिल्ममा कविराज घतराजकाे नृत्य निर्देशन छ भने सुर्इ थाेकरकाे द्वन्द्व छ।

 


 

More form the Internet

loading...