Suvadin, Home
Nepal life 2.241M

फेरि एउटै पर्दामा जसिता र प्रदिपको जोडी

प्रदिप र जसिताको जोडीलाई लिलि बिलीबाट दर्शकले रुचाएका थिए। लिलि बिलीले दर्शकाे मन मात्र हैन नेपाली फिल्मकाे बक्स अफिसमा पनि राम्राे नै व्यपार गरेकाे थियाे।

काठमाडाैं, २६ भदाै – नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ। गोविन्द शाहीले निर्माण गर्ने  फिल्म “लभ स्टेशन” मा फेरि एकपटक पर्दामा देखिने भएको हाे।

प्रदिप र जसिताको जोडीलाई लिलि बिलीबाट दर्शकले रुचाएका थिए। लिलि बिलीले दर्शकाे मन मात्र हैन नेपाली फिल्मकाे बक्स अफिसमा पनि राम्राे नै व्यपार गरेकाे थियाे।

“लभ स्टेशन” चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन्। चलचित्रको अहिले धमाधम काम भइरहेको छ। चलचित्रलाई फागुनको २४ गते रिलिज गर्ने समेत तयारी गरिएको छ। चलचित्र पूर्ण रुपमा लभ स्टोरी कथामा बन्नेछ।


 

More form the Internet

loading...