Suvadin, Home

मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह जाेडीकाे प्रस्तुति

नेपालकै सर्वाधिक लोकप्रिय एवम् चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह कमेडी नाइट गर्ने भएका छन्। आगामी मार्च १९ तारिखका दिन काठमाडौंको लाजिम्पाटस्थित र्याडिशन होटलमा उक्त कार्यक्रम आयोजना हुने छ।
मह कमेडी जाेडी।

काठमाडौं, फागुन २७ - नेपालकै सर्वाधिक लोकप्रिय एवम् चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह कमेडी नाइट गर्ने भएका छन्। आगामी मार्च १९ तारिखका दिन काठमाडौंको लाजिम्पाटस्थित र्याडिशन होटलमा उक्त कार्यक्रम आयोजना हुने छ।

मानसिक स्वास्थ्य प्रवर्द्धनमा क्रियाशिल सामाजिक संस्था आशादिप नेपालले ‘मह कमेडी नाइट’को आयोजना गर्ने भएको हो। कार्यक्रममालाई रोयल ट्रेजरले विशेष सहयोग गरेको छ ।  

नयाँपाटी, सुन्दरीजलमा रहेको आशादिप नेपालको सहयोगार्थ नगद संकलन गर्ने उद्देश्यले यस मनोरञ्जनात्मक मह कमेडी नाइटको आयोजना हुन लागेको हो। उपरोक्त मितिमा बेलुका ६ बजेदेखि सुरु हुने सो कार्यक्रमका लागि टिकट मूल्य रु ३००० राखिएको छ। साथै, त्यसमा हरेक टिकट खरिदकर्तालाई निःशुल्क डिनरको समेत व्यवस्था गरिएको छ।

टिकट वा अन्य जानकारीका लागि मेरिनोल नेपालको कार्यालय, महाराजगञ्ज वा ९८४१३५५९५६ मा सम्पर्क समेत गर्न सकिने छ।


 


 

More form the Internet

loading...