Suvadin, Home

शुभबिहानी
माल्भिका सुब्बाकाे सुन्दरता हेर्नुहाेस् फोटोमा

माल्भिकाले दुईवटा चलचित्रमा अभिनय गरेकी छन्। पहिलो ‘गुड बाई काठमाडौं’ र ‘ गड लिभ्स इन हिमालयज’ मा अभिनय गरेकी छिन् भने अहिले उनी निर्देशक का रुपमा चलचित्र निर्माणमा लागेकी छन्।
पूर्वमिस नेपाल तथा नायिका माल्भिका सुब्बा।

काठमाडौं, साउन ४- पूर्वमिस नेपाल माल्भिका सुब्बाको आज जन्मदिन परेको छ। २०३८ साल साउन ४ गते धरानमा जन्मिएकी हुन्, उनी। उनकाे बाल्यकाल पूर्वी नेपालको धरानमा बितेकाे थियाे।

नेपालको सर्वश्रेष्ठ नारीको सुन्दरताको मापन गर्ने प्रतियोगितामा माल्भिका प्रथम भएकी थिइन्।  उनले स्नातकोत्तर तह आमसञ्चार  तथा पत्रकारिताबाट गरेकी हुन्। उनी मिस नेपाल बन्दा पूर्वमिस नेपालहरुले सुब्बाकाे अरु प्रभावशाली रहेको स्वीकारेपछि उनको उचाइ अझै बढेको हो।

माल्भिका मिस नेपाल भए यता उनलाई अधिकाशं युवतीहरुले  रोलमोडलको रुपमा लिने गरेका छन्। उनले कान्तिपुर टेलिभीजना र नेपाल वानमा टेलिभिजन एंकरको भूमिकामा काम गरिसकेकी छ।


माल्भिकाले दुईवटा चलचित्रमा अभिनय गरेकी छन्। पहिलो ‘गुड बाई काठमाडौं’ र ‘ गड लिभ्स इन हिमालयज’ मा अभिनय गरेकी छिन् भने अहिले उनी निर्देशक का रुपमा चलचित्र निर्माणमा लागेकी छन्।

‘हाउ फन्नी’ उनको निर्देशनमा बनेको पहिलो चलचित्र हो। र पछिल्लो समय उनले नयाँ आएका कलाकारहरुलाई मौका दिने बताइरहेकी छन्। अहिले उनी एकक सन्तानकी आमा भइ सकेकी छिन्। 

गर्भवती हुँदा मोटाएकी माल्भिका सुब्बा अहिले सन्तान जन्माइ सके पछि पुरानै फिगरमा आइसकेकी छिन्। उनले पुरानो फिगरमा आउन उनले व्यायाम लगायतका क्रियाकलाप गरेर पुरानो  अवस्थामा आएकी छिन्।


 

More form the Internet

loading...