Suvadin, Home
Citizen Bank 466.2k

Cover Image

मनिषा कोइरालाले लेखिन् अाफ्नो क्यान्सर भोगाइमा पुस्तक 'HEALED'

बिरामी हुँदा भोगेको नयाँ, अनौठो र पीडादायी अनुभव सार्वजनिक गर्नुपर्छ भन्ने लागेर यो पुस्तक लेखेकी हुँ।’

काठमाडौं, ३ पुष – चर्चित अभिनेत्री मनिषा कोइरालाको नयाँ पुस्तक 'HEALED' शनिबार पोखरामा सार्वजनिक हुँदैछ। पेन्गुइन बुक्सले प्रकाशन गरेको पुस्तक ७ पुसबाट शुरु हुने नेपाल लिट्रेचर फेस्टिभलमा विमोचन गर्न लागिएको हो।

राजधानीमा सोमबार आयोजित लेखकसँगको साक्षात्कार कार्यक्रममा अभिनेत्री कोइरालाले क्यान्सरले बिरामी हुँदाको भोगाई तथा पीडाबाट पाएको नयाँ जीवनको अनुभव बाँड्न पुस्तक लेखेको बताइन्। उनले भनिन्, ‘बिरामी हुँदा भोगेको नयाँ, अनौठो र पीडादायी अनुभव सार्वजनिक गर्नुपर्छ भन्ने लागेर यो पुस्तक लेखेकी हुँ।’

अभिनेत्री कोइरालाले अाफुले क्यान्सर हुँदा भोगेको पिडा, वेथा, संघर्षको यात्राले अन्य क्यान्सर पिडितहरूलार्इ हाैसल्ला मिलोस् भनेर यो पुस्तक लेखेको बताइन्।


 

More form the Internet

loading...