Suvadin, Home
युएईमा बस्दै आएका कलाकार मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कुसुम’को श्रव्य गीत र ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। राजधानीमा पत्रकार सम्मेलनकाे आयोजना गर्दै चलचित्रको तीन गीत समावेश अडियो र एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो।
नायक माेहन बाेगटी र नायिका हर्षिका श्रेष्ठ।

काठमाडाैं, फागुन १३ - युएईमा बस्दै आएका कलाकार मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कुसुम’को श्रव्य गीत र ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। राजधानीमा पत्रकार सम्मेलनकाे आयोजना गर्दै चलचित्रको तीन गीत समावेश अडियो र एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो। 

रूद्राक्ष फिल्मस प्रालिकाे ब्यानरमा निर्मित उक्त चलचित्रबाट ‘म त बदलिए, मेरो भागको खुसी, सहीछाप गरिदिउँ कि’ बाेलकाे श्रव्य गीतहरू सार्वजनिक भएका हुन्। फिल्ममा टंक बुढोथोकीको संगीत छ।

कार्यक्रममा बाेल्दै फिल्मका मुख्य कलाकार मोहनले सानैदेखि कलाकारितामा लाग्ने इच्छा भएको बताए। उक्त फिल्म मनाेरञ्जनकाे पूर्ण प्याकेज भएकाे उनले बताए। यस्तै, नायिका हर्षिका श्रेष्ठले चलचित्रको कथावस्तु आफूलाई अत्यन्तै मन परेकाे बताइन्।

एनआर घिमिरेकाे लेखन तथा निर्देशन रहेकाे याे चलचित्रमा दिव्य सुवेदीको छायांकन छ। सुनिता शर्मा बोगटीकाे लगानी रहेकाे याे चलचित्रका रुद्र खनाल र रविन्द्र कुँवर सह-निर्माता हुन्।तर,चलिचत्रकाे प्रदर्शन मिति भने तय गरेकाे छैन।

 


 

More form the Internet

loading...