Suvadin, Home

जब सुप्रियाले एकेन्द्रलाई भनिन् ‘मेरो गीत तिम्रो लागि...’, हेर्नुहोस् भिडियाे

मोडल तथा गायिका सुप्रिया शर्मा र मोडल एकेन्द्र बजगाईँको नयाँ गीत सार्वजनिक भएको छ। ‘मेरो गीत तिम्रो लागि। मेरो प्रति तिम्रो लागि’  बोलको पप गीतमा सुप्रिया र एकेन्द्रले अभिनय गरेका छन्। जसमा सुप्रियाले एकेन्द्रलाई फकाइरहेको देखिन्छ भने रोमान्टिक नृत्य पनि रहेको छ।   
मोडल तथा गायिका सुप्रिया शर्मा र मोडल एकेन्द्र बजगाईँ।

काठमाडाैं, असाेज ३०– मोडल तथा गायिका सुप्रिया शर्मा र मोडल एकेन्द्र बजगाईँको नयाँ गीत सार्वजनिक भएको छ।

‘मेरो गीत तिम्रो लागि। मेरो प्रति तिम्रो लागि’  बोलको पप गीतमा सुप्रिया र एकेन्द्रले अभिनय गरेका छन्। जसमा सुप्रियाले एकेन्द्रलाई फकाइरहेको देखिन्छ भने रोमान्टिक नृत्य पनि रहेको छ।   

गीतमा सुप्रियाको स्वर रहेकाे छ। एकेन्द्र  कैलालीको लम्की–चुहा ४ बलियाका स्थानीय बासिन्दा हुन्, भने सुप्रियाको घर टीकापुृर हो।

एकेन्द्रले आफू गीतबाट निकै आशावादी रहेको बताएका छन् । गीतमा विमु शर्माको शव्द रहेको छ। विमु सुप्रियाकी आमा हुन्।
यो गीतलाई ड्रिम्स स्टडियोले बजारमा ल्याएको हो।

सुमन थापाले निर्देशन गरेको भिडियाको सम्पादन सुमन थापाले गरेका हुन्। कोर्डिग्राफ निशा विश्वकर्माले गरेकी हुन्।
‘मन पराए तिमीलाई माया पनि तिमीलाई, तिमी त मेरो मुटुको धडकन’ बोलको गीत चाँडै नै बजारमा आउने एकेन्द्रले जनाए।

 


 

More form the Internet

loading...