Suvadin, Home

श्रृजना कथा
‘निर जैलै रिसाैनी...’

माईक्रोमा चढेका गाइनेहरुले सवैबाट केही न केही पैसा लैजान्थे तर बास्कोटाले तिनै गाइनेबाट गीतलाई कसरी लोकप्रिय बनाउँने भन्ने ज्ञान पाए। ‘उनीहरु विभिन्न भेगीय भाकाका सुमधूर गीत गाउन्थे, जुन स्थानियहरूमा भिजेका हुन्थे र सवैका कर्णप्रिय हुन्थे,’ बास्कोटाले भने, ‘त्यसवेला नै गीतमा मौलिकपन दिनसक्ने हो भने सवैले गीत रुचाउँछन् भन्ने कुरा मष्तिकमा आएको हो।’
कालिप्रसाद बास्काेटा।

चर्चित रचनाकार, संगितकार तथा गायक कालिप्रसाद बास्कोटाको विभिन्न कार्यक्रमहरुमा पोखरा आवतजावत भईरहन्छ। सो क्रममा उनको यात्राको सहयात्री प्रायः माईक्रो हुने गरेको छ। बाटोमा रहेका स्टेशनहरुमा माइक्रो रोकिन्छन् र त्यसमा चढ्छन् सारंगी रेट्दै गाइनेहरु। जसका सुन्दर धुन कर्णप्रिय हुन्छन्। 

माईक्रोमा चढेका गाइनेहरुले सवैबाट केही न केही पैसा लैजान्थे तर बास्कोटाले तिनै गाइनेबाट गीतलाई कसरी लोकप्रिय बनाउँने भन्ने ज्ञान पाए। ‘उनीहरु विभिन्न भेगीय भाकाका सुमधूर गीत गाउन्थे, जुन स्थानियहरूमा भिजेका हुन्थे र सवैका कर्णप्रिय हुन्थे,’ बास्कोटाले भने, ‘त्यसवेला नै गीतमा मौलिकपन दिनसक्ने हो भने सवैले गीत रुचाउँछन् भन्ने कुरा मष्तिकमा आएको हो।’

त्यसपछि उनको ध्यान मौलिक लयमा कसरी गीत तयार गर्ने भन्नेमा केन्द्रित भयो। विभिन्न कार्यक्रमहरुमा उनको विभिन्न पटक आवातजावत भइरह्यो सँगै गाइनेहरुले फेरी माईक्रोमा गीत सुनाइरहे। ‘निर’ को धुन त्यतिवेला पहिलो पटक क्लिक भएको थियो’, बास्कोटाले सुनाए, ‘त्यसपछि मैले करिब पाँच महिनाको मेहनत पछि ट्युन तयार पारे।’

उनले चाहेको जस्तो मौलिक टुयुन उनले पाइसकेका थिए। अब उनलाई शब्द चाहियो। त्यति नै बेला रामबाबु गुरुङले उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म पुरानो डुङ्गाका लागि कालीप्रसादलाई गीत बनाइदिन भनिरहेका थिए। चलचित्र युनिट पोखराका फेवा तथा वेगनास तालका विभिन्न दृश्यहरु खिचिरहेको थियो। 

चलचित्र युनिटसँगै बेगनास पुगेका कालीले त्यहाँका ‘रिसाउनी’, ‘फकाउनी’, ‘सेतीबगर’ जस्ता शब्दहरु टिप्दै त्यहाँकै  लोकल लवज आउने गरि गीत तयार पारेका हुन्। त्यसपछि तिनै शब्दहरुलाई समेट्दै पुर्ण गीत बनाएका कालीले आफैे उक्त गीतको जीवन भोगेको भन्दै आफै गाए पनि। गीत निकै हिट भयो। यसले विभिन्न रेकर्डहरु पनि तोड्यो। 
 

 


 

More form the Internet

loading...